सुर्जन रोकाया
भनिन्छ "यदि स्वास्थ्य हरायो भने सबै हराउछ"। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ। रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ। एक स्वस्थ व्यक्ति (चाहे धनी होस् वा गरीब) एक बिरामी शरीर भएको कुनै धनी व्यक्ति भन्दा बढी खुशी र शान्तिमय जीवन बिताउँछ। त्यसकारण हामी भन्न सक्दछौं कि एक व्यक्तिको वास्तविक सम्पत्ति उसको स्वास्थ्य हो।
त्यसैले विश्व स्वास्थ्य संगठनले भनेको छ "स्वास्थ्य नै धन हो।" यो भनाइबाट पनि यो कुरा प्रस्ट हुन्छ कि अन्य भौतिक कुराहरु भन्दा सर्वोपरि स्थान स्वास्थ्यको छ। स्वास्थ्यले स्वस्थ जीवनको माग गर्दछ। स्वास्थ्य मानव जीवनको अत्यन्तै महत्वपुर्ण कुरा हो। स्वास्थ्य मानिसको धन हो तर पनि प्रायले स्वास्थ्यलाई राम्रोसँग ध्यान दिइरहेका हुँदैनन्। विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप र बिलासिता जिवन शैलि तर्फ उन्मूख भएर स्वास्थ्यलाई पछाडि पारिरहेका हुन्छन्।
स्वास्थ्यलाई लापरवाही गर्नु भनेको जीवनको दुरी घटाउनु हो। मानिसले स्वास्थ्यलाई विषेश ख्याल नराख्दा आज विश्वमा अत्यन्तै डर लाग्दा विभिन्न किसिमका रोगले दिन प्रतिदिन ज्यान जानेको संख्यामा बृद्धि भईरहेको छ। जब हामी स्वस्थ रहन सक्दैनौं तब जीवनमा केहि पनि गर्न सक्दैनौं। हरेक मानिसको स्वास्थ्य सँग समग्र राज्यको स्वास्थ्य जोडिएको हुन्छ¸यदी राज्यका नागरिक स्वास्थ्य छन भने उनिहरु हरेक क्रियाकलापका लागि सक्षम हुने र उनिहरुले देशको विकासमा योगदान गर्न सक्ने हुन्छ।
स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन त्यसले झन स्वास्थ्यको अवस्थालार्इ नाजुक पार्ने गर्छ। स्वास्थ्यका नजरले हेर्दा विश्वकका ठुला अर्थतन्त्र बोकेका मूलुक जसले विश्कय अर्थतन्त्रको ठुलो हिस्सा ओगटछन उनिहरु आर्थिक तथा भौतिक रुपमा बलियो छन तर पनि मानविय स्वास्थ्यमा आउने माहामारि सँग भिडन सक्ने ताकत राख्दैनन्।
हालै चर्चामा रहेको कोरोना भाइरस (कोभिड–१९)ले र विश्व महामारिको रुप लगिरहेको छ। भौगोलिक सीमा नाघेर हरेक मानवको जीवनमा यस विषाणुले यति धेरै प्रभाव पार्नुमा मानिस यथार्थमै अन्तर्राष्ट्रिय जाति भएको प्रमाण पनि हो। अन्यथा विगतमा कुनै रोग विशेषले खास क्षेत्रलाई मात्र प्रभाव पार्ने गरेको थियो। आज यसको फैलावटका कारण विगतमा फैलिएको ‘स्प्यानिस फ्लु’ को समेत सम्झना भइरहेको छ। तर सञ्चार र सूचना प्रविधिको विस्तार र मानिसको संसारभर भइरहेको यात्रा र गतिविधिले यसलाई असीमित तुल्याएको छ।
संसारका कुनै कुनामा केहीले असर पा-यो भने त्यो हाम्रो घरकरेसामा पनि आइपुग्छ भन्ने हो। विगतमा सार्स, मार्सजस्ता विषाणुजन्य रोगको फैलावट भएको हो। तर त्यसलाई नियन्त्रण गर्न जति समय लागेको थियो, त्योभन्दा कम समयमा अहिले कोभिड–१९ को प्रकृति थाहा पाउन लागिएको छ। अहिले यसको उद्गम मानिएको चीनको उहान क्षेत्रमा यो भाइरस नियन्त्रण भइसकेको तथ्य त्यहाँका अस्पताल खाली गरिएको तस्बिरले देखाएको छ।
तर यो भाइरसको प्रभाव जबर्जस्त देखिएको छ। यतिबेला यसले युरोपका इटाली, फ्रान्स र अमेरिकाजस्ता विकसित मुलुकलाई आक्रान्त पारेको छ। यो भाइरसको संक्रमण खासगरी ज्येष्ठ नागरिक रहेका मुलुकमा बढी देखिएको छ। युवालाई पनि यसले आक्रमण गर्ने भए पनि ज्यानै जाने खतरा भने कम देखिएको छ।
कोरोनाबाट शनिबारसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन¸ यसबाट मृत्यु हुनेको संख्या ३० हजार पुगिसकेको छ। यो भाइरसबाट विश्वका १९० भन्दा बढी देश प्रभावित भएका छन्।
यसबाट प्रभावित विश्वका १९० भन्दा बढी देश अहिले यो महामारिसँग जोगिने विभिन्नम उपायहरु अवलम्बन गरिरहेका वर्तमान अवस्था छ। विश्व्का ठुला धनि तथा शक्ति राष्ट्रि जसले विश्वगलाई जित्नन सक्नेु ताकत राख्नेल गर्थे तर आज स्वास्थ्यमा आएको यो समस्यासँग निकै डराइरहेको अवस्था छ। जसले यो कुराको पुष्टीव गर्छ कि मानव जीवनको स्वास्थ्य भन्दा ठुलो अरु कुनै वस्तु छैन्।
कोरोनाभाइरस विश्वअभर छिटो फैलदैछ। सरकारहरू, व्यवसायीहरू र परिवारहरूले महामारीलाई अभूतपूर्व तरिकामा प्रतिक्रिया दिइरहेका छन्। विशाल र अपरिहार्य रुपले अर्थव्यवस्था भंग गर्ने देखिएको छ। तेसै गरी शिक्षा क्षेत्रमा पनि यसले ठुलो प्रभाव पार्ने र विकासका गतिविधि लगभग ठप्पि हुने अवस्था देखिएको छ। यो महामारिले प्रमुख रुपमा प्रभाव पार्ने क्षेत्रहरु:
कोरोना भाइरसले पारेका नकरात्मक प्रभावहरु:
आर्थिक गतिविधि लगभग ठप्प हुने गरि यो महामारिले विश्वव्यापीरुप धारण गरिसकेको अवस्था देखिएको छ। यस भाइरसको फैलावटको तिब्रताको कारण विश्वमका मूलुकहरुले आवत जावतमा रोक लगाउने गरि निर्णय गरिसकेको अवस्था छ। विभिन्न देशका सिमा नाकाहरु बन्द छन्। एक देशबाट अर्को देशमा प्रवेश रोक लगाइएको छ।
उद्योग कलकारखानालाई ठुलो चोट पुर्याउने देखिन्छ। कामदारहरु यसबाट प्रभावित हुदै गएका छन्। स्वास्थ्य सेवाका अत्यवश्यक सामाग्री पनि उत्पादनमा रोकावट उत्पन्नद हुने निश्चिबत छ। उद्योगहरु बन्द हुने र उत्पादनका कार्यहरु बन्द हुने¸रोजगारि गुम्नेप¸ खतरा उत्पन्नन भएको छ।
नेपालमा पनि विभिन्न उद्योगहरु बन्द हुदै कामदारहरु आफ्नो गाँउतिर फर्किरहेको समाचार आइरहेको छ। कोरोना प्रभावित हुन सक्ने त्रासको कारण उत्पादनमूलक क्षेत्रमा काम गर्ने कम्पनि तथा उद्योगहरु बन्द हुन थालेका छन् साथै यसमा संलग्नन लाखौको रोजगारि पनि खोसिने भएको छ।
मासिक र दैनिक ज्यालादारीरुपमा काम गर्ने कामदारहरुको रोजगारी खोसिएको छ¸ आम्दानी हुने श्रोत बन्द भएपछि कामदार तथा कर्मचारको चुलोमा आगो बल्न कठिन हुनेछ¸ पैसा भएर पनि अतिआवश्यक सामाग्रिको आपूर्ती अभावमा उपभोग्य सामाग्रीहरुको अभावका कारण भोकमरी र अभावका कारण अन्य प्रकारका सामाजिक विकृति फैलिने¸कृतिम अभाव खडा गरी कालाबजारी मौलाउने देखिन्छ।
यस्तै महामारि फैलिने त्रासका कारण देशहरुले आफ्ना सम्पूर्ण शैक्षिक संस्थाहरु अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेका छन्। यसको प्रत्यक्ष प्रभाव शैक्षिक क्षेत्रका देखिने छ। शैक्षिक संस्थाहरु अनिश्चित कालका लागि बन्द हुदा यस सँग प्रत्यक्ष रुपमा शैक्षिक क्यालेण्डर प्रभावित हुने र विद्यार्थीहरुको पढाइमा नकारात्मक प्रभाव पर्न जाने कुरामा दुइमत छैन्।
कोरोना भाइरसले पारेका सकरात्मक प्रभावहरु:
विश्वभरी महामारीको रुप लगेको कोरानाका कारण कतिपय क्षेत्रमा यसको सकरात्मक प्रभाव पर्ने कुरामा विद्धानहरुले औल्याएका छन्। मानिसको बढि भिडभाड हुने क्षेत्रमा यसको प्रभाव तथा प्रकोप फैलिन सक्ने भएकोले प्राय: शहरी इलाकाबाट मानिसहरु आफ्नो घरगाँउ फर्किन शुरु गरेका छन्। गाँउ घरमा कम हुदै गएको जनसंख्यामा बृद्धि हुने साथै सामाजिक सद्धभाव तथा भाइचारामा अभिबृद्धि हुने विस्वास लिइएको छ।
अर्को तिर गाँउघरमा बाहिरबाट आयातित सामाग्रिको कम प्रयोग हुने कारणले गर्दा गाउमै उत्पादन हुने खाद्यान्नमा जोड पुग्नेत छ। खेतबारी प्राय: बाजो रहने अवस्था कम हुन गइ खेतबारी बाझो रहने सम्भावना कम भएर जाने देखिन्छ। जाताततै हरियालि छाउने र गाँउघरमा प्राय: घरहरु टाढा टाढा रहने भएकोले यो भाइरसको संक्रमण कम हुने कारण प्रभावित जनसंख्या घटने देखिन्छ¸ गाँउमा लगाइने स्थानिय बालिको जगेर्ना हुन सक्ने सम्भावना औल्याएका छन्।
वैदेशिक रोजगारिमा गएका मानिसहरु धमाधम घर फर्केका छन्। यसले उनिहरुले आर्जन गरेको सिप गाँउ घरमै प्रयोग हुन सक्ने अवस्था देखिएको पनि स्थानिय जानकारहरु बताउछन्। विभिन्न कलकारखानाहरु बन्द हुने हुदा विश्वसमा बढदै गएको कार्वनडाइअक्साइड ग्यास उत्सर्जन कम हुने देखिएको छ। कार्वनाइअक्साइड (CO2) ग्यास उत्सर्जनमा कमि आएको छ। यसले वातावरणमा सकरात्मक प्राभाव पारेको छ।
न्यु योर्कका अन्वेषकहरूले बीबीसीलाई उनीहरूको प्रारम्भिक नतिजाहरुमा भनेका छन् कि गत वर्षको तुलनामा मुख्यतया कारबाट कार्बन मोनोअक्साइड ५० प्रतिशतले कम भएको छ। ग्रह तताउने ग्यास सीओ २ को उत्सर्जन पनि द्रुत रूपले घटेको छ।
वैज्ञानिहरुले महामारी पछि छिटो बढ्न सक्ने कुराको चेतावनी दिएका छन्। कोरोनाभाइरस महामारीको परिणामस्वरूप विश्वव्यापी आर्थिक गतिविधिको गति घट्दै गएपछि ऊर्जा र यातायातसँग सम्बन्धित विभिन्न ग्यासहरूको उत्सर्जन कम हुनेमा कुनै आश्चर्यको कुरा छैन। कार्बन मोनोअक्साइडको उत्सर्जन केही हप्ताको लागि ५० प्रतिशतले घटेको छ। कोलम्बिया विश्वविद्यालयका प्रोफेसर राइसन कमनले भने (जसले न्यू योर्कको हवाई अनुगमन कार्य सञ्चालन गरे।) "यो मैले पहिले कहिल्यै देखेको भन्दा पनि सफा हो। यो मार्चमा हामीले हेर्ने भन्दा आधा भन्दा कम हो।"
यस्तै विभिन्न देशले लकडाउन गरिएपछि भेनिस नहरको पानी स्वच्छ भएको¸ इटलीको समुन्द्र किनारमा डल्फिन देखिएका छन्¸जापानमा मृगहरु मस्त रोडमा घुमिरहेका छन्¸चाइनामा अहिले सम्मकै कम 'Air pollution' देखिएको छ। यस खालका तथ्यहरुलाई मनन गर्दा वातावरणीय क्षेत्रमा केहि सकरात्मक प्रभाव परेको भएपनि समग्र अर्थतन्त्र भने धरासायी हुने देखिन्छ।
स्वास्थ्य जीवनको अपरिहार्य तत्व हो र स्वस्थ जीवन पाउनु एउटा नागरिकको नैसर्गिक अधिकार हो। साथै जीवनलाई स्वस्थ बनाउनु सबै मानिसको कर्तव्य पनि हो। मानिसको जीवनको अन्तिम सत्य भनेको आफनो अस्तित्व हो। अस्तित्व जोगाई राख्नका लागि सर्वप्रथम व्यक्ति स्वस्थ्य रहन अत्यन्तै जरुरी छ। हामी अस्वस्थ भयौँ भने हाम्रो सोचबिचार विवेक पनि अस्वस्थ हुन्छ। स्वास्थ्य नै सम्पति हो भन्ने बुझौ।
सफल जीवन जिउनको लागि स्वस्थ्य रहन एकदमै आवश्यक पर्दछ। जस्तै एउटा साइकलको चक्काले मात्रै साइकल गुड्न असमभव हुन्छ, त्यस्तै सफल जीवनको लागि स्वास्थ्यको महत्वपूर्ण भूमिका रहन्छ।
रोगलागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुन्छ। यदि अकस्मात कसैलाई रोग लागिहाल्यो भने सो व्यक्तिले चाहेका सम्पूर्ण ईच्छा चाहानाहरु बिस्तारै कमजोर हुदै जान्छन् मष्तिकले काम गर्न छोड्छ। शरीरमा भएको जोशजागर हराउदै जान्छ र पुर्णरुपमा अशक्त बन्छ। त्यस्तो व्यक्ति दुखित जिन्दगी बिताउन बाध्य हुन्छ।
यो संसार नै एउटा निश्चित नियममा चलेको छ। नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ। रात पछि दिन हुनु , घामलाग्नु अस्ताउनु , ऋतृ फेरिनु, बर्षा हुनु प्रकुतिक नियम हुन।
यस्ता प्रकृया रोकिएमा जिवन जगत कै अस्तित्व संकटमा आउन सक्छ। यस्तै प्रकारले हामीले पनि आफनो स्वास्थ्यको लागि निश्चित नियमहरु बनाएर पालना गर्न जरुरी छ। जीवन सुखीमयी बनाउन र सफता हासिल गर्नका लागि स्वास्थ्यलाई पहिलो प्रथामिकता दिन जरुरी छ। जब हाम्रो स्वास्थ्य ठिक रहन्छ जे पनि गर्ने जोशजागर, हिम्मतले भरिएको हुन्छ। हामीले स्वास्थ्यलाई ठिक मार्गदर्शन दिन सकियो भने जे पनि गर्न सकिन्छ।
यदि तपाई सँग प्रशस्त पैसा छ , तर स्वास्थ्यले साथ दिईरहेको छैन भने त्यो पैसाले स्वास्थ्य किन सकिदैन त्यसैले पहिलो स्थान स्वास्थ्यलाई दिनुपर्दछ। स्वस्थ जिवनशैलि एउटा समाज र सिङ्गो देशको विकाशका लागि आधार हुनसक्छ। त्यसैले स्वास्थ्यलाई कहिल्यै पनि पछाडि नराखनु होस् यो तपाईको सफल जीवन बनाउनको लागि पहिलो खुड्किलो हो। जसलाई नटेकि माथि जाने प्रयास कहिल्यै नर्गनुहोस्। स्वास्थ्य नै अपरिहार्य सम्पति हो यो कुरा कहिल्यै नभुलौँ। हामि सबैले कोरोनाभाइरसका बारेमा जारी सन्देश र प्रचारलाई मध्यनजर गरि यस प्रति सचेत रहन सके यो महामारिबाट बच्न सकिने सम्भावना रहनेमा कुनै दुइमत छैन्।
- लेखक रोकाया स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत छन्।