राम कुमार महतो
डिसेम्बर २०१९ को अन्तिम सातादेखि चीनको वुहानबाट शुरु भएको कोभिड-१९ हाल विश्वको २०५ वटा भन्दा बढी देशहरुमा फैलिसको छ। विश्वव्यापी महामारीको रुपमा विकसित भइसकेको कोरोना भाइरसले आजसम्म १६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। भाइरकै कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। बिरामीको संख्या घट्न सकिरहेको छैन। युरोपको स्पेन, इटाली, जर्मनी, फ्रान्समा केही दिनदेखि बिरामीको संख्या घटना थालेको संकेत देखिएको छ।
चीन, जापान, दक्षिन कोरिया, सिंगापुर आदि देशहरुले कोरोना जोखिमलाई कब्जामा ल्याइसकेको छन्। संयुक्त राज्य अमेरिकामा केशहरु निरन्तर बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका सबै क्षेत्रहरुमध्ये अमेरिका र यूरोप धेरै प्रभावित भएका देखिन्छन्। चीन सहितको पश्चिमी प्यासिफिकमा सामान्य तथा दक्षिण पूर्वी एसिया र अफ्रीकन मुलुकहरुमा धेरै कम प्रभाव परेको देखिन्छ। तैपनि आउने दिनमा यस्तै स्थिती दक्षिण पूर्वी एसिया र अफ्रिकामा रहला भनेर ग्यारन्टी गर्न सकिन्न।
यतिखेर सबैको मन मस्तिष्कमा कोरोना रोक्ने प्रमुख सुत्र के हो ? कोरोना कहिले कम हुन्छ अथवा नेपालमा यो कतातिर जाँदैछ? यसलाई के ले कम गराउँछ? हाल प्रयोग भएका नियन्त्रणका बिधिहरु पर्याप्त छन् कि छैनन्? यो फेरी फर्केर आउँछ की आउँदैन? भन्ने लगायतका प्रश्न घुमिरहेका छन्।
कोरोना रोक्ने प्रमुख सुत्र के हो ? कोरोना रोक्ने प्रमुख उपाय भनेको कुनै पनि तरिकाले २८ -७५ प्रतिशत मानिसहरुलाई भाइरसको एक्सपोजरबाट रोक्न सक्यो भने कोरोनाको महामारी रोकिन्छ (R0=१.४-४)। यसको सुत्र समीकरण मानिसको सुरक्षा (२८ -७५ % )= सामाजिक दुरीबाट सुरक्षा (X%)+तापक्रम सुरक्षा (Y%)+ Immunity को कारणले सुरक्षा (एकदम कम %) +अरु रोकथामका उपयाहरुबाट (Z%)। यो समीकरण अनुसार कोरोना सर्ने चक्रमा कम्तिमा २८-७५% मानिसलाई बचाउन सक्यो भने कोरोनाको फैलावट रोकिन्छ।
कोरोना कहिले कम हुन्छ अथवा नेपालमा यो कता तिर जाँदैछ ? यसलाई के ले कम गराउँछ ? कोरोना कहिले रोकिन्छ भने कुराको ठोस उत्तर छैन। तर पनि तापक्रम र कोरोनाको केहि अन्तरसम्बन्ध रहेको छ। कोरोना भाइरस तापक्रमसंग सेन्सेटिभ हुन्छ। ६-१२०C मा यो राम्रो फैलिन्छ, तलको तालिकामा पनि प्रष्ट विश्लेषण गरिएको छ। तापक्रम बढ्दै जाने क्रममा कोभिड १९ को फैलावट घट्दै जान्छ र यसको अर्थ कोभिड-१९ पुरै घट्ने नै चाहीं होइन, बिस्तारै घट्दै जान्छ।
यस भन्दा अघिका कोरोना भाइरस पनि डिसेम्बरदेखि अप्रिलसम्म मात्र फैलिएको देखिन्छ। तसर्थ तापक्रम एउटा सानो आशाको केन्द्र हो।
हाल प्रयोग भएका नियन्त्रणका बिधिहरु पर्याप्त छन् कि छैनन्?
यस सम्बन्धमा मानिसहरु डराएका छन्, सामाजिक दुरी कायम गरेका छन्, व्यवहार परिवर्तन भएकै छ। नेपालसहित विश्वका धेरै देशहरु लकडाउनको स्थितिमा छ। पोजेटिभ केसहरुको कन्ट्याक्ट ट्रेसिङ र कन्ट्याक्ट फलोअप गरिदै छ। आइसोलसेन र क्वारेन्टाइन धेरै हदसम्म कार्यान्वयन भएको छ। बाहिरबाट आउने यात्रुको प्रवेश बन्द गरिएको छ। हाल नेपालमा ९ जना मात्र संक्रमित देखिएका छन्। ८ वटा बाहिरबाट आएका व्यक्तिमा देखिएको छ भने १ वटामा स्थानीय संक्रमण देखिएको छ। कुनै पनि देशमा आयातित केस र केहि मात्र स्थानीय संक्रमण मात्र देखिँदासम्म, बोर्डर बन्द, कन्ट्याक्ट ट्रेसिङ, कन्ट्याक्ट फलोअप, आइसोलसेन र क्वारेन्टाइन नै धेरै स्पेसिफिक तथा धेरै शक्तिशाली औजार हो। यसमा लकडाउनले अरु संक्रमणको थप सम्भावानाहरुलाई रोक्दछ।
लकडाउन शतप्रतिशत नभएपनि यसले संक्रमणको फैलावट रोक्न राम्रो काम गर्छ। यसले कसरी काम गर्छ त भन्दा एउटा नयाँ बिरामी हुनलाई संक्रमितको सम्पर्कमा कम्तिमा १०-२० जना व्यक्तिहरु हुनुपर्दछ, मानौं लक डाउनले १० जना (क्लोज कन्ट्याक्ट) लाई घटाएर ४ अथवा ५ जनामा मात्र झार्न सकियो भने थप नयाँ बिरामी हुने सम्भावना धेरै हदसम्म घट्दछ। यी सबैको संयोगले कोरोना मे महिनाको पहिलो अथवा दोस्रो हप्तासम्म रोकिने देखिन्छ।
अर्को कोणबाट नेपालमा संक्रमणको सम्भावित स्रोत भारतमा दैनिक बिरामीहरुको संख्या थपिरहेको छ। लकडाउन भनेको संक्रमण रोक्ने शक्तिशाली तर अस्थायी एउटा बिधि हो। यो सधैँका लागि र दोहोर्याणएर गर्न सामाजिक र आर्थिक कारणहरुले गार्हो हुन्छ। बाहिरको संक्रमण र हाम्रै समुदायभित्रका केही लुकेका बिरामीहरुबाट संक्रमणको फैलावट पुन: देखियो भने त्यसको लागि समुदायमा समुहगत रुपमा प्रतिरक्षात्मक शक्ति चाहिन्छ। त्यो भ्याक्सिनबाट अथवा भाइरससंग एकचोटी संक्रमित भएपछी प्राप्त हुन्छ, जुन हामी संग छैन। कन्ट्याक्ट ट्रेसिङ पनि लकडाउन पछिको अवस्थामा नेपालमा शत प्रतिशत गर्न गार्है हुन्छ। किनभने यातायातका साधनमा बिरामीसंगै सम्पर्कमा आएका मानिहरुको अभिलेख हुँदैन, खोज्न गार्हो हुन्छ। सबैलाई खोजेर क्वारेन्टाइनमा राख्नु पनि व्यवहारिक कठिनाइ भएको कुरा सर्वबिदितै छ।
यसलाई थप कोणबाट बुझ्दा कोभिड -१९ को फैलावटलाई रोक्न कसैले केहि गरेन, रोक्न कुनै चर (Variable) हरुले काम गरेन भने यसको भाइरसले आफ्नो स्वाभाविक बाटोमा २८-७५% मानिसहरुलाई प्रभावित गर्दछ, यसको अर्थ नेपालको २८ -७५% जति व्यक्ति देखिने बिरामी भने नै हुदैन कि तिनीहरुको (लगभग १.५ करोड मानिस ) शरीरमा कुनै हिसाबबाट भाइरस प्रवेश (exposure) हुन्छ र यसको attack rate को हिसाबले एक लाख पचास हजार (१,५०,००० देखि ३,००,०००) बिरामी हुने देखिन्छ भनाइको अर्थ COVID-१९ को फैलावट लाइ रोक्न कसैले केहि गरेन, रोक्न कुनै चर (Variable) हरुले काम गरेन भने १.५ देखि ३ लाख सम्म मान्छे बिरामी भएपछी आफै COVID-१९ को फैलावट रोकिन्छ, त्यसको लागि अनुमानित समय लम्बिन सक्छ। तर यो संसारमा कुनै पनि कुरा आफ्नो स्वाभाविक बाटोमा हिड्न सक्दैन। विभिन्न चरहरुले त्यसलाई निधो गर्छ। कुनैपनि देशमा यस्तो स्वाभाविक मानिनन्।
यो फेरी फर्केर आउंछ कि आउदैन ? COVID-१९ का ७.५% देखि ६०% सम्म asymptomatic बिरामीहरु हुन सक्छन। पुन: सक्रमण हुने सम्भावना केहि article मा देखिएको छ यद्यपी यसको थप अध्धयन हुन बाँकि छ। यी दुइवटा र अन्य केहि चरहरुको कारणले COVID-19 अर्को मौषमी peak देखिने सम्भावना पनि रहन्छ। तसर्थ short term का केहि उपायहरु जुन short term मै रोग नियन्त्रण गर्न सम्पूर्ण रुपमा बिस्वस्त मानिनन् , त्यसमा भर पर्नु भन्दा केहि पर सम्म सोच्नु पर्दछ। त्यो हो vaccination (immunity वा herd immunity)। Vaccine ले छोटो समय र दिघ्र कालमा दुइवतैमा योगदान गर्ने काम गर्दछ।
यसको खांस भ्याक्सिन अहिले परिक्षणको क्रममा छ र कम्तिमा १ बर्ष लाग्न सक्दछ । तर BCG vaccine उपलब्ध छ, यसको safety पनि प्रमाणित भैसकेको छ र अहिले यो vaccine COVID-19 बिरुद्ध पनि प्रभावकारी देखिएको छ। यसका कारणहरु प्रमाणित हुन बाँकि नै छ। तर पनि यसको एउटा संयन्त्र none specific immune response हो। यसको कारणले स्वांसप्रस्वांसका अरु संक्रमण र pneumonia को incidence, duration of illness र मृत्यू दर कम हुन्छ भने बिषय expert बाट आएको छ । पश्चिम अफ्रीका र केहि epidemiological अध्धयन बाट कम तौलका बच्चाहरुमा र तल्लो स्वास प्रस्वास संक्रमणमा मृत्यू दर BCG को प्रयोगले ४०% ले कम हुने देखाइएको छ। expert को मुताबिक BCG ले हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीलाई धेरै किसिमका ब्याक्टेरिया, भाइरस र प्रजिविहरुलाई चिन्न र सो बिरुद्ध प्रतिक्रिया गर्न सिकाउन सक्दछ। Disseminated TB, Miliarry TB, TB meningits कम गराउने त यसको पहिलो प्राथमिकता नै हो। यो भ्याक्सिन १५ बर्ष सम्म र केहि case हरुमा ६० बर्ष सम्म प्रभावकारी हुन्छ भने पनि अध्ध्यनले देख्हाएकै बिषय हो। यसै संग जोडिएको बिषय COVID-१९ को मृत्यू दर १० बर्ष भन्दा मुनि एकदम कम, १०-४० बर्ष भित्र ०.२%, ४०-५० बर्ष सम्म ०.४%, ५०-६० बर्ष सम्म १.३% र सो प्रतिशत बढ्दै गएर ८० बर्ष भन्दा माथि २०% भन्दा माथि देखिएको छ।
अहिले सम्म प्रति दस लाख ( १००००००) मा धेरै बिरामी र मृत्यू हुने मुलुक स्पेन, इटाली, स्विटजरल्याण्ड, अस्ट्रिया , बेल्जियम र प्रोकोप् बढ्दै गरेको मुलुक यु. यस. ए. हुन्, ति मध्ये इटालीमा नियमित(routine) रुपमा कहिले BCG चलाएकै छैन । स्पेन, स्विटजरल्याण्ड, अस्ट्रिया , बेल्जियम मा १९८० कै दशकमा BCG बन्द भैसक्यो। त्यस भन्दा थोरै कम प्रभावित मुलुक जर्मनी र फ्रान्समा क्रमश: १९९८ र २००७ मा BCG बन्द भएको देखिन्छ। ब्राजिलको म्र्त्यू दर प्रति दश लाख (१००००००) मा ०.०५% मात्र छ र त्यहाँ १९२० मा BCG शुरु भयो। COVID-१९ को महामारीको समस्या कम देखिएको देशहरु अफ्रीका र दक्षिण पुर्बी एशिया अन्तर्गतका छन् , ति सबै ठाउमा BCG universal coverage को रुपमा स्थापित देखिन्छ। चीन, जापान र दक्षिण् कोरियाले यसलाई बिजयको रुपमा हासिल गरिसकेको अर्थ पनि त्यहाँ अबलम्बन गरिएको BCG भ्याक्सिनको universal coverage को केहि भूमिकालाई लाइ लिन सकिन्छ।
अहिले सम्मको सुक्ष्म विश्लेशणले उच्च र मध्यम आम्दानी भएका देशहरुमा कोविद-१९ र BCG को correlation स्थापित भएको देखिन्छ। तर यसले काम गर्ने संयन्त्र र मान्छेलाई COVID बिरुद्ध बचाउन सक्ने क्षमता (protective efficasy) बारे थप अध्धयन हुन अनिवार्य देखिन्छ। यदि BCG को सकारात्मक नतिजा आयो भने कोरोनाको तत्काल र आउने peak लाइ नियन्त्रण गर्न मदत मिल्नेछ। Netherland, Australia, Denmark, Germany, the U.K. and the U.S मा यसको trial शुरु भैसकेको छ । अहिले नेपालमा यसको प्रयोग कमसे कम उच्च जोखिममा पर्ने स्वास्थ्य कर्मी, चिकित्सक र नर्सहरुमा inclusion र exclusion माप दण्डको आधारमा गर्न सकियो भने ति समुहमा पहिलो कुरा जोखिम न्यूनीकरण र दोस्रो कुरा trial को अवसरको रुपमा प्राप्त हुने मानिन्छ ।
अन्ततः कोविद-१९ को अबको दिशा यसको फैलावट May को मध्यतिर घट्छ वा लम्बिन्छ। पूर्णतः यकिनको साथ भन्न नसकिने भएकोले अथवा अर्कौ मौषमी Peak को सम्भावना रहने समेत देखिएको हुदा यसको दिर्घ समाधानको उपायको प्रयोजनको लागि BCG भ्याक्सिन को उपायदेयताको मापन गर्न र पहिलो चरणमा स्वास्थ्य कर्मीहरुमा यसको प्रयोग गर्न उचित हुने देखिन्छ। यसले उच्च जोखिममा रहेका स्वास्थ्य कर्मीहरुमा केहि हदसम्म जोखिम न्यूनीकरण समेत हुनसक्ने देखिन्छ तर यसको लागि बिज्ञहरुहो टोलि बसेर गहिरो छलफल गर्न वान्छनीय छ।
- महतो जनस्वास्थ्य अधिकृत हुन्