रवि खड्का
नेपालमा खुला अर्थतन्त्र भएसँगै निजी अस्पतालका साथसाथै अन्य क्षेत्र पनि फस्टाउदै आएको जानकारी सबैलाई छ। कोरोना भाइरस (कोभिड–१९) को माहामारीको कहरमा चिरायु नेशनल हस्पिटलले सम्भावित जोखिम न्युनिकरणका लागि आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई तयारी अवस्थामा राखेको छ।
निजी अस्पताल पनि राज्यका एक अंग हुन्। यस्तो विषम परिस्थितीमा निजी अस्पतालले आफ्नो तर्फबाट नागरिक र राज्यका लागि सक्दो सहयोग गर्नुपर्छ भनेर नै हामी कोरोनाविरुद्धको लडाईमा तयारी साथ जुटिरहेका छौं। चिरायु अस्पतालले लकडाउनको घोषणा सुने लगतै विषेश छलफल गरी योजना बनाएको थियो।
लकडाउन सुरु भएको दिन नै अस्पतालका अध्यक्ष साङ्गे गुरुङको नेतृत्वमा कार्यकारी निर्देशक हेम गुरुङ, बोर्ड अफ डाइरेक्टर सुरज नारायण जोशी, अस्पतालका निर्देशक संजिव राजभण्डारी, अपरेशन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्य, मेडिकल डाइरेक्टर प्रोडा उत्तम कुमार शर्मा, डिपुटी मेडिकल डाइरेक्टर डा अजय प्रधान, आइसियु प्रमुख डा अमित शर्मा भट्टराई र अन्य चिकित्सक, असिस्टेन्ट मेट्रोन गिता श्रेष्ठ, सिनियर स्वास्थ्यकर्मीहरु र प्रशासनका कर्मचारीसहित मेरो पनि सहभागितामा सल्लाह गरेका थियौँ।
यो अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्याटलाइट अस्पतालमा परेको हुनाले कोरोना विरुद्धको जुनसुकै लडाईमा पनि हामीले साथ र सहयोग दिनुपर्छ। कोरोना महामारी मात्र होइन अन्य समयमा पनि हामी सरकार र नागरिककै पक्षमा छौं र रहिरहन्छौं। स्याटेलाइट अस्पताल भएको नाताले हामीसँग थप जिम्मेवारी पनि छ। सोही कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको निर्णय अनुसार हामीले काम गर्दै आएका छौं। जसमध्ये सम्भावित कोरोनाको बिरामी आएको खण्डमा नियमित काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने गराउँदै आएका छौँ।
परीक्षणपछि स्वास्थ्य मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको निर्देशन बमोजिम नियम पलना गरेर आइसोलेसनमा पठाउने गरिएको छ। लकडाउनको अवधिमा चिकित्सकहरुसँग भेटघाट तथा परामर्श लिन नसकेको खण्डमा मोवाईल नम्वर दिएर परामर्श दिने व्यवस्था मिलाएको छ र आकस्मिक अवस्थामा आवश्कता अनुसार चिकित्सकहरुले अस्पताल मै उपस्थित भई सेवा दिई राख्नु भएको छ। यसका साथै अतिआवश्यक इमरजेन्सी शल्यक्रिया पनि भई रहेको छ।
फिजिसियन, मनोचिकित्सा, न्युरो, ग्याष्ट्रो र हेपाटोलोजी, स्त्री तथा प्रसूति सम्बन्धि सेवा समाजिक दुरी कायमराखी आवश्यक सुरक्षित सामाग्री दिई सेवा शुरु गरिएको छ। आगामी दिनहरुमा क्रमशः अन्य आवशयक सेवाहरु शुरु गर्ने तयारीमा छौं। हालसम्म ४ जना संकास्पद बिरामीको कोरोना भाइरस जाँचको लागि नमूना पठाएकोमा ४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
चिरायु अस्पतालले यो विषय परिस्थितीमा पनि २४ सौँ घण्टा खुला रहेर सेवा दिइरहेको छ। अहिलेसम्म लकडाउन अवधिमा आकस्मिक सेवामा ३५१ र कोरोना फिबर क्लिनिकमा ४५ जनाले सेवा लिइसकेका छन्। यस महामारीको समयमा अस्पतालले फोन मार्फत परामर्श सेवा समेत दिइरहेको छ।
-(खड्का चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका डेप्युटी म्यानेजर हुन्।)