काठमाडौं- बिहीबार थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय १९ जना पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
विराटनगरको कोशी अस्तपालको प्रयोगशालमा मोरङका १ जना, झापाका २ र खोटाङका ३ जना छन्। यसैगरी नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका ३, सुनसरीका २ र सप्तरीका १३ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै, हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
सेती अस्पलालको प्रयोगशालमा डोटीका ३ जना र भेरी अस्पतालको प्रयोगशालामा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालमा कपिलवस्तुका १७ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती प्रतिष्ठानको प्रयोगशालमा दाङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका १ सय ५ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा दैलेखका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १० जनाको भने मृत्यु भइसकेको छ।