चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ। अमेरिका, वेलायत र क्यानडाजस्ता देशमा समेत सबै अस्पतालकमा उपलब्ध नुहुने यस सेवा चिवतन मेडिकल कलेजमा सुरु हुनु चितवनवासीको लागि मात्र नभएर सिंगो नेपालको निम्ति गौरवको कुरा हो।
यहाँ अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी (SPECT/CT) को साथसाथै सम्पूर्ण Hot Laboratory का उपकरणहरु र दक्ष जनशक्तिबाट देशकै नमूनाको रुपमा न्युक्लियर मेडिसिन विभाग स्थापित गरिएको छ।
सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी न्युक्लियर मेडिसिनमा प्रयोग हुने गामा क्यामराको अत्याधुनिक प्रविधि हो। जसमा रेडियोधर्मी औषधि प्रयोग गरेर शरीरका विभिन्न अंगको गहन जाँच हुन्छ। जस्तै थाइराइड, मुटु, मिर्गौला आदी।
यस विधा सुरु भएसंगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्राय: सबै अंगको गहन जाँच सम्भव हुन्छ। चिकित्सा शास्त्रका प्राय : सबै विभागका बिरामीहरु यसबाट लाभान्वित हुनेछन्। यस सेवा एक स्थाापित र सुरक्षित सेवा हो। अवको समयमा थाइराइड क्यान्सर लगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ। थाइराइडका गलगाँडको बिना अपरेशन सफल र स्थापित उपचार हुनेछ।
पछिल्लो समयमा चितवनवासीलाई कोभिड–१९, को महामारीको समयमा चितवन मेडिकल कलेजले पिसिआर ल्याबको सुविधासहित विशेष योगदान पु¥याएको छ। कोभिडको समयमा अत्यावश्यक आइसियु र एनआइसियु सेवा पनि यहाँ सञ्चालनमा छ।
कोरोना कहरकाबीच पनि न्युक्लियर मेडिसिन जस्तो अति विशिष्ट र चुनौतीपूर्ण सेवा सञ्चालन गर्नु गर्वको विषय हो। नेपालका प्राइभेट मेडिकल कलेजहरुमा उपकरणहरु हुँदैनन् भन्ने भ्रम भएकाहरुलाई त यसले चर्को झापड हानेको छ। यस सेवको सुरुवातसंगै चितवन मेडिकल कलेज नुकलियर मेडिसिन सेवा दिने देशकै पहिलो मेडिकल कलेज बनेको छ।
यस सेवा अन्तर्गत हामीले सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नशाबाट दिन्छौ र त्यसबाट निष्कने गामा विकिरणलाई SPECT/CT को माध्यमबाट जाँच गर्छौ। जसबाट शरीरका विभिन्न अंगहरुको गहन जाँच सम्भव हुन्छ भने थाइराइडका क्यान्सरको समेत पूर्णरुपमा सफल उपचार हुनेछ।
न्युक्लियर मेडिसिन (नाभकिय चिकित्सा) सुरु भएसंगै यहाँ थाइराइडको Comprehensive Thyroid Care Clinicसञ्चालन हुनेछ जसमा न्युक्लियर फिजिसियन, अपरेसन गर्ने शल्य चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सर लगायत जुनसुकै समस्याको सफल उपचार गर्नेछ।
(डा पौडेल चितवन मेडिकल कलेजमा नुुकलियर मेडिसिन विभाग प्रमुखको रुपमा कार्यरत छन्।)