काठमाडौँ- सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) को प्रतिवेदन अनुसार स्वास्थ्यका सूचांकमा उल्लेखनीय सुधार आएको छ।
विगत २५ वर्ष यता मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणको परिणामले जोड दिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार हाल नेपालका महिलाहरुले औसतमा करिब दुई सन्तान जन्माउँछन्। विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।
नेपालमा पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युदरमा पनि उल्लेखनिय कमी भएको छ। सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाहरुको प्रति एक हजार जीवित जन्ममा ११८ को मृत्यु हुने गरेको थियो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति एक हजार जीवित जन्ममा ३३ हुन आएको छ। त्यस्तै नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ मा स्थिर छ।
नेपालमा गर्भवती सेवा कभरेज सुधारोन्मुख हुँदै गएको छ। १० मध्ये २ भन्दा बढी महिलाहरूले दक्ष सेवा प्रदायकहरुबाट गर्भवती सेवा पाइरहेका छन्, जुन सन् १९९६ मा ४ मध्ये १ महिलाले मात्र पाएको गर्भवती सेवाको तुलनामा उल्लेखनीय वृद्धि हो। त्यस्तै १० मध्ये महिलाहरुले हाल चार वा सो भन्दा बढी पटक गर्भवती सेवा लिइरहेका छन् जुनबीस वर्ष अघि १० मध्ये १ महिलाले मात्र लिने गर्थे।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सर्वेक्षण अवधिको दुई वर्ष मित्रको समय अवधिमा जीवित जन्मेकाहरुमध्ये ७९५ बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेका छन्। सन् १९९६ मा ८४ बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए।
सुत्केरी भए पछिको हेरचाहले सुत्केरी पछि हुने जटिलताहरुलाई रोक्न मद्दत गर्छ। ७० प्रतिशत महिलाहरुले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी जाँच गराउँछन्।
सन् १९९६ देखि यता १२-२३ महिनाका आधारभूत खोपको कभरेज बढेको छ। सो समयमा ४३५ ले आधारभूत खोप पाउने गरेका थिए। तर सन् २०११ मा ८०५ रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८५ हुन आएको र सन् २०२२ मा केहि बढेर ८०५ हुन गएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार सन् १९९६ मा ५७५ रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५५ मा झरेकोछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ न्यू एरा, अनुसन्धानमा संलग्न राष्ट्रियस्तरको संस्थाले सम्पन्न गरेको थियो। यो सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगबाट आर्थिक सहयोग प्राप्त भएको थियो।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ नेपालमा सन् १९९६पछि गरिएको छैठौ जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो।