काठमाडौं- प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको भनदै औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण नगर्न आग्रह गरेको छ।
बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए। औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।
प्रति जैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधिले काम नगरेको अवस्था रहेको उनले बताए।
उनले औषधि ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने महानिर्देशक ढकालले बताए। औषधि खरिद गर्नु पूर्व चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै ढकालले औषधिको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरे।