हेटौडा- कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको प्रयोगशालामा कोभिड(१९) को परीक्षण हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौडाबाट कोभिड१९को परीक्षण हुने बताएको थियो। बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवरा दुलाल सोमबार प्रयोगशालाविद्, स्वास्थ्य पदाधिकारीसहित गई केन्द्रका मेसिनको अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्य निर्देशक रमेश घिमिरे, डा.पुरुषोत्तम सेढाई, स्वास्थ्य मन्त्रालयका माईक्रोबायोजिस्ट बिष्णु उपाध्याय, प्रदेश प्रयोगशाला प्रमुख भाईरोजिस्ट नारायण कार्कीलगायतको टीम केन्द्रमा रहेको प्रयोगशालाबाट कोभिड १९ परीक्षण गर्न सकिने सुझाव दिएका थिए।
सामाजिक विकास मन्त्रालयले प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको बताइएको छ।