काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर १ करोड ४ लाख ३४ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक २६ लाख २९ हजार ३ सय ७२ छ। त्यस्तै, ब्राजिलमा १४ लाख २ हजार ४१ र रुसमा ६ लाख ४६ हजार ९ सय २९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ९ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ९ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ।
अमेरिकामा १ लाख २७ हजार ३ सय २२, ब्राजिलमा ५९ हजार ५ सय ९४, बेलायतमा ४३ हजार ८ सय १५, इटालीमा ३४ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ।
विश्वभर ५३ लाख २२ हजार ७ सय ८५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ७ लाख ७९ हजार १ सय ७५, अमेरिकामा ७ लाख २० हजार ६ सय ३१, रुसमा ४ लाख ११ हजार ९ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ हजार १ सय ९४ जना संक्रमणमुक्त भएका छन् भने २९ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ८ सय ४० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १६ हजार ८ सय ९३ पुगेको छ। भारतमा हालसम्म ३ लाख ३४ हजार ८ सय २२ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९ हजार ३ सय ३७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ३ सय ४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ९८ हजार ५ सय ३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ४७ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ७ सय ११ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार ४ सय ८३ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ५९ हजार ६ सय २४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३१ हजार ५ सय १७ पुगेको छ। अफगानिस्तानमा ७ सय ४६ जनाको मृत्यु भइसकेको छ भने १४ हजार १ सय ३१ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ४४ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ३ सय ६१ छ। मृत्यु हुनेको संख्या ९ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ४४ पुगेको छ ।