काठमाडौं- डा आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन्। ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी टप २० भित्र पर्न सफल भएकी हुन्।
गतवर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी उनले मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी छन्।
प्रतियोगिताको उत्कृष्ट २० मा नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रीजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी श्रृष्टी हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटवलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, बर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौंकी आकृति मानन्धर, बुटवलकी अनु अनमोल क्षेत्री, अष्ट्रेलियाकी आश्मा केसी, काठमाडौंकी डा आयुष्नोभा ढुंगाना तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका हुन्।
आगामी भदौ ९ गते आयोजना गरिने ग्राण्ड फिनालेमार्फत मिस यूनिभर्स नेपाल २०२२ को छनोट गरिने छ।