डेंगु पहिलो पटक भएकालाई भन्दा दोस्रो वा तेस्रो पटक भएकालाई बढी जटिल हुन्छ। किनकी यो भाइरसको चार वटा सेराटाइप छ र, त्यो बाहेक त्यसको जिनमा हल्का न्युक्लियोटाइड परिवर्तन भएर थुपै्र जेनोटाइपहरु बनेका हुन्छन्। मतलब पहिलेको र पछिको संक्रमण गर्ने भाइरस फरक प्रकारका हुन सक्छन्।
दोस्रो पटकको संक्रमण झन् किन जटिल हुन्छ? प्रतिरोध क्षमताले किन काम गरेन? यो भाइरसले आफू फैलिन र वृद्धि हुन प्रतिरोध प्रणाली (इम्युन सिस्टम) को कोषलाई नै प्रयोग गर्छ। त्यसै मार्फत नै शरीरमा फैलिन्छ पनि। अर्को, पहिलेको संक्रमणबाट बनेको एन्टीबडीहरुलाई दोस्रो पटकको संक्रमण गरेको भाइरस फरक सेरो वा जेनाटाइप भएमा यसले भर्याङ बनाएर सजिलैसँग इम्युन सिस्टमको कोषहरुलाई प्रयोग गर्छ। त्यसैले ष्र्दा यसको भ्याक्सिन प्रभावकारी हुन सकेको छैन। माथिका अवस्था बाहेक सामान्य मानिसलाई धेरै जटिलता नहोला तर दीर्घ रोग भएका र अन्य स्वास्थ्य जटिलता भएकाहरुलाई धेरै असर गर्न सक्छ।
डेंगु लामखुट्टे मार्फत सर्छ। मानिसबाट मानिसमा सर्दैन। संक्रमितको रगत खाएको लामखुट्टे आफु पनि संक्रमित हुन्छ र ती लामखुट्टेबाट मानिसमा सर्ने हो। यो लामखुट्टे एडिस एजिप्टस र एडिस एलबोपिकटस प्रजातिका, साना, सेतो धर्काका भएका हुन्छ। र यो लामखुट्टेले दिनमा टोक्ने गर्छ।
यी लामखुट्टेले पानीमा अण्डा पार्छन्। तर क्लोरिनेटेड पानीमा समेत बाँच्न सक्ने प्रकृतिका हुन्छन्। हामीलाई हाल दुख दिने एजिप्टस प्रजातिका लामखुट्टे, शहरका घरहरुका कोठाको अध्यारो कुनामा बस्ने हुन्छन्। कौँसी खेती पनि लामखुट्टेको वृद्धि गर्न राम्रो वातारण हुन सक्छ। लामखुट्टेको वृद्धि विकास हुने वातावरण नै बन्न नदिनु यसबाट बच्ने राम्रो उपाय हुन्। पानी जम्न नदिने, कवाड सामानहरु जम्मा गरेर नराख्ने र घर वरपर सफा राख्ने गर्नुपर्दछ।
-(भाइरोलोजिस्ट डा लुना भट्टले यी जानकारी सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेकी थिइन्।)