काठमाडौं- राष्ट्रिय चिकित्सक संघ, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। नव-निर्वाचित केन्द्रीय समिति सदस्यहरूले प्रधामन्त्री ओलीसँग भेटमा स्वास्थ्य शिक्षाका विद्यार्थीलाई सहुलियत ब्याजदरको ऋणका लागि समेत आग्रह गरेका छन्।
राष्ट्रिय चिकित्सक संघ, नेपालका अध्यक्ष प्राडा विकाश गौचनले संघले पैरवी गर्दै आएका विभिन्न ८ विषय प्रधानमन्त्री समक्ष राखेका थिए। जसमध्ये एउटा उक्त बुँदा थियो।
संस्थाका प्रवक्ता डा अरुण उप्रेतीले जारी गरेको बिज्ञप्तिअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाइ थप अध्ययन र लोकसेवाको परीक्षामा सामेल हुन दिने लगायतका विषयमा समेत प्रधानमन्त्रीसँग कुराकी भएको गियो।
'अध्यक्ष डा गौचनले संघले पैरवी गर्दै आएका विभिन्न विषयका साथै ग्रामीणक्षेत्रमा स्वास्थ्य सेवा सुधारमा संघका आवधारणा बारे जानकारी गराउनु भयो। प्रधानमन्त्रीज्यूले संघका धारणाप्रति सहमति जनाउँदै यस्ता व्यवस्थाले चिकित्सा सेवा र शिक्षा थप सुलभ हुने भएकाले चिकित्सकको व्यक्तिगत विकासको लागि मात्र नभएर राज्यकै लाभका लागि यस्ता नीति आवश्यक रहेको बताउनुभयो।'
डा उप्रेतिका अनुसार नव-निर्वाचित टोलिलाई बधाई दिंदै जिम्मेवारीपूर्वक काम गरेर चिकित्सक समुदायको हितमा अग्रसर भइदिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्। उनले चिकित्सकहरूको भूमिका जनस्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधारका लागि संघसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताएका छन्।
भेटवार्ताका क्रममा संघक नवनिर्वाचित महासचिव डा सम्राट पराजुलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाइ आठौँ तहको मेडिकल अधिकृत बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्न प्रधानमन्त्रीले लिएको अडानको प्रशंसा गरेका थिइए।
प्रधानमन्त्री ओलीले आवासीय चिकित्सकहरु पूर्णकालीन चिकित्सक रहेको स्वीकार्दै उनीहरु श्रमको सम्मान गर्न न्युनतम निर्वाह भत्ता तोकिएको बताए। आवासीय चिकित्सकले उचित पारिश्रमिक पाउनु उनीहरुको अधिकार रहेको जिकिर गर्दै, आयोगको निर्णय सरकारले पूर्ण पालना गराउने पुन: प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री ओलीलाई भेट्न उक्त संस्थाका पदाधिकारीका साथै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावल, राष्ट्रिय चिकित्सक संघ, नेपालका पूर्वअध्यक्ष डा जागेश्वर गौतम लगायत पुगेका थिए।