काठमाडौं- सरकारले चिकित्सा शास्त्र, नर्सिङलगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।
अर्थमन्त्री विष्णु पौडेलले भने, 'चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।'
बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज निर्माणका लागि पूर्वाधार ५६ करोड छुट्याइएको समेत बताइएको छ।