काठमाडाैं- बलिउड अभिनेता सुनिल शेट्टीलाई परिचयको आवश्यकता नै पर्दैन। ६१ वर्षको उमेरमा पनि सक्रिय भएर फिल्ममा काम गरिरहेका छन्। साथै निकै अनुसाशित जीवन जिउँछन्।
उनी आफ्नो बिहानको खाजामा चार पाँच वटा अन्डाको सेतो भाग खान्छन्। सकेसम्म घरमै बनेको खानेकुराहरू मात्रै खान रुचाउछन्। दिउँसोको खानामा रोटी, दाल, तरकारी वा मासु खाने गर्छन्। दिउँसो भोक लागेको समयमा ताजा फलफुल र पिनट बटर खाने गर्छन्। साँझको खानामा चिकेन सुप खाने गर्छन्। सकेसम्म सुगर भएको खानेकुरा खाँदैनन्। गुलियो खानेकुरा खानै परे स्विट पोटेटो(सखरखण्ड) खान्छन्।
उनी जस्तो खानेकुरा खाए पनि कति खाने र कसरी खाने भनेर विचार गर्नुपर्ने बताउँछन्। खानासँगै उनले फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छन्। उनले एउटा अन्तरवार्तामा भनेका थिए की,‘मलाई उमेर निकै सुन्दर लाग्छ। म मेरो बुढ्यौलीलाई रोक्न त सक्दिन तर मानिसहरुलाई देखाउन चाहन्छु की म ६० वर्षको उमेरमा पनि काम गरिरहेको छु भनेर।’
उनले बिहान उठ्ने बित्तिकै एक घण्टा योग र प्रणायम गर्छन्। त्यसपछि ४० देखी ४५ मिनेट जिममा कसरत गर्छन्। धेरै भारी भारी कसरत गर्दैनन्। आफ्नो मसल्ससलाई ध्यानमा राखेर फरकफरक व्यायाम गर्छन्। समयसमयमा कराते र क्रिकेट पनि खेल्छन्। उनले शनिबारलाई आफ्नो चिटिङ डे छुट्याएका छन्। त्यो दिन आफूलाई मन लागेका खानेकुरा खान्छन्। धेरै भारी कसरत नगरे पनि खानेकुरामा व्यालेन्स गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्छन्।