काठमाडौ- रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा चर्चित अभिनेता मध्य एक हुन्। ४० वर्षीय रणवीर फिट रहन विशेष प्रशिक्षण र स्वस्थ आहार खाने गर्छन्।
फरकफरक चलचित्रमा फरकफरक डाइट र प्रशिक्षण गर्नु परे पनि उनी निकै अनुशासित जीवन बिताउँछन्। सेलिब्रेटी फिटनेस कोच शिवोहम उर्फ धीपेश भट्ट उनको कोच हुन्।
कपुर प्राय: बिहानै कसरत गर्छन्। उनी जिमनास्टिक, ओलम्पिक लिफ्टहरू, र स्क्वाट्स, डेडलिफ्टहरू र अन्य पारम्परिक तौल प्रशिक्षणहरु गर्छन्।
रणवीर प्रोटिन, कार्बोहाइड्रेट र फ्याटको सन्तुलित आहार खान्छन्। उनस्वस्थ खानपान धेरै महत्त्वपूर्ण छ भन्ने गर्छन्।उनी धेरै सागसब्जी र धेरै प्रोटिन भएको खानेकुरा खान्छन्।
साथै, उनीहरेक दिन एकै समयमा खाना खान सुझाव दिन्छन्।साथै, रणबीरलाई घरमा पकाएको खानामा रुचि छ। उनी फ्राइड स्न्याक्स र मिठाईहरू खादैनन्।
उनको हरेक दिनको खानामा अण्डा, हरियो तरकारी, ब्राउन राइस, ब्राउन ब्रेड, दाल, चिकन, ड्राई फ्रुट्स र प्रोटिन शेक समावेश छ।
उनी समय समयमा खानेकुरा र प्रशस्त मात्रामा पानि खाई रहन्छन्।