काठमाडौं- करिना कपूर खान बलिउडमा सबैभन्दा फिट सेलिब्रेटीहरू मध्ये एक हुन्। यद्यपि उनी कडा आहार पालना नगरी आफूले चाहेको खान्छिन्। उनी पोषणविद् रुजुता दिवेकरले भने अनुसार पौष्टिक आहार पछ्याउँछिन्।
करीना आफ्नोफिटनेसमा पनि उत्तिकै ध्यान दिन्छिन्। उनले आफ्ना दुई बच्चाहरू पछि गर्भावस्थाको वजन तुरुन्तै घटाएर आफ्नो फिटनेस यात्राबाट लाखौं प्रशंसकहरूलाई प्रेरित गरेकी थिईन्।
पोषणविद्रुजुता दिवेकरले आफ्नो अडियोबुक ‘इटिंग इन द एज अफ डाइटिङ’ मा करीना कपूर खानको खानपानको बारेमा कुरा गरेकी थिईन्। खानले सामान्यतया आफ्नो दिनको सुरुवात पावर ब्रेकफास्टबाट गर्छिन् जसमा भिजेको बदाम समावेश हुन्छ। र त्यसपछि उनि कसरत गर्छिन्। दिउँसोको खानामा, करीनाले मौसमी तरकारी, पनीर तरकारी, दही भात र दाल यारोटी खान्छिन्।
करीना कपूर खानको खाजापछिको तालिकाको बारेमा कुरा गर्दै, रुजुता दिवेकरले खुलासा गरिन्कि उनले दिउँसोको पेयको रूपमा कालो नुन, चिनी, केसर र अदुवाको टुक्रा लिन्छिन्। केसरले कपाल र छालाको लागि चमत्कारी काम गर्छ। अदुवा र कालो नुनले हल्का महसुस गराउँछ।
बेलुकाको खानामा उनले प्रायः दाल, भात,घिउ वा खिचडी,दही वा दूध, सब्जी र रोटी खाने गर्छन्। उनी चाँडै खाना खान्छिन् किनभने यसले राम्रोनिद्रामा मद्दत गर्दछ। जसले हार्मोनलाई सन्तुलनमा रहन दिन्छ। उनी दिउँसोमा फलफूल, नट र मखाना पनि खाने गर्छिन्।
खाना संगै उनी योग, ट्रेडमिल लगायतका कसरत पनि गर्छिन्। उनी पर्याप्त पानी पिउने गर्छिन्।