काठमाडौं- फिल्म अभिनेत्री आलिया भट्टले आफूलाई एडीडी रहेको बताएकी छिन्। जसको अर्थ हुन्छ- मतलब अटेन्सन डेफिसिट डिसअर्डर।
उनको यो भनाइपछि यसबारे चर्चा भइरहेको छ। आलियाले एक अमेरिकी पत्रिका एल्युरसँग कुराकानी गर्दै उनले आफ्नो विवाहमा मेकअप आर्टिस्टले तयार गर्न दुई घन्टा मागेको तर आफूले अस्वीकार गरेको बताइन्। किनकि आफू ४५ मिनेट भन्दा बढी एउटै कुर्चीमा बस्न नसक्ने उल्लेख गरिन्।
एडीडी के हो?
एडीडीको अर्थ ध्यान केन्द्रीत गरेर राख्ने क्षमताको कमी हो । यस्तोमा कुनैपनि कुरामा ध्यान दिने र त्यसलाज्ञ लगातार कायम राख्न समस्या हुन्छ।
विशेषज्ञका अनुसार यो जन्मजात समस्या हो । यस्तो सामान्यतया बच्चामा हुन्छ तर कतिपयले वयस्क भएपछि पनि यसको सामना गर्नुपर्छ।
भारतीय क्लिनिकल साइकोलोजिस्टन डा पूजाशिवम जेटली भन्छिन्, 'जब हामी कुनैपनि कुरामा ध्यान दिन्छौं त त्यसलाई आफ्नो दिमागमा राख्छौं । यो कुरा अटेन्सन डेफिसिटवालाहरुमा हुँदैन। किनकी उनीहरुसँग होल्ड गर्ने क्षमता हुँदैन। कुनैकुरा उनीसँग हुन्छ, कुनै कुरा उनीहरुसँग रहँदैन।'
उनका अनुसार यस्ता व्यक्तिहरुको न्युरोलोजिकल कनेक्सन पनि फरक तरिकाको हुन्छ।
सन् १९९७ मा एच शब्द अर्थात् हाइपर एक्टिभ पनि जोडिएको छ । अहिले यसलाई एडएचडी अर्थात् अटेन्स।न डेफसिट हाइपर एक्टिभिटी डिसअर्डर पनि भनिन्छ।
वर्ल्ड फेडरेशन अफ एडीएचडीका अनुसार २ दशमलव वयस्कमा यो समस्या हुन्छ।