काठमाडौं- त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
डा भण्डारीले शुक्रबार आफ्नो युट्युब च्यानलमार्फत 'सकिएन' बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्।
डा भण्डारी आफैंले गाएको उक्त गीतको रचना र कम्पोजिसन पनि भण्डारी कै हो।
सार्वजनिक म्युजिक भिडियोको मिक्सिङ, माष्टरिङ तथा रेकर्डिङ देव लामाले गरेका हुन्। लिरिकल भिडियो शिलन लम्सालले गरेका हुन्।
डा भण्डारीले यसअघि पनि आफ्ना गीतहरु सार्वजनिक गरेका थिए।