व्यावसायिक सोच, सृजनशील हात
राष्ट्र निर्माणमा राख्छ, अटल साथ
निजामती सेवा, विश्वासको आधार
विकास, समृद्धि, सुशासनको भार ǁ१ǁ
प्रशासन हो, सेवाको मूल आधार
निष्ठा र पारदर्शितामा हुन्छ, प्रगति संसार
कर्मठता, अनुशासन, उत्तरदायित्वको बाटो
देश र जनताको हितमा चलोस् हाम्रो हातो ǁ२ǁ
कर्तव्यमा अडिग, सेवा नै धर्म
राष्ट्रप्रेमको जोश, उजागर कर्म
हृदयमा आशा, हाथमा काम
निजामती सेवा, गौरवको निशान ǁ३ǁ
जनसेवा अटल, राष्ट्रप्रेमको आधार
नागरिकको खुशी नै, हाम्रो उपहार
निजामती सेवक, समाजको दीप
जनताको भरोसा, देशको प्रतीक ǁ४ǁ
निजामती सेवा, राष्ट्रको निरन्तरता र शक्ति
ईमान्दारी, निष्पक्षता, जवाफदेहिताको भाषा बोल्ने भक्ति
कानून, नीति, योजना, न्यायको सुन्दर संवाहक
विकास, समृद्धि र सुशासनको यात्रामा सच्चा राष्ट्र सेवक ǁ५ǁ
श्रम र अनुशासनले भरिएको प्रशासन
सेवा समर्पणले ल्याउँछ, विकास, समृद्धि र सुशासन
व्यावसायिक सोच र सृजनशील कर्म
समृद्ध नेपाल हाम्रो साझा धर्म ǁ६ǁ