मुख्य समाचार

मलेसियाको स्वास्थ्य परिक्षणमा सिन्डिकेट लगाउने मेडिकल सञ्चालकहरु पक्राउ

बैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परिक्षणमा सिन्डिकेट कायम गरी ठगी गर्ने मेडिकल सञ्चालकहरु पक्राउ पर्न थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौंका विभिन्न मेडिकल सञ्चालकहरुलाई पक्राउ गरेको हो।  ज्ञानेश्व...

स्वास्थ्य मन्त्रालयले गर्‍यो दशौं तहका ११ र नवौं तहका दुईको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १३ जनाको सरुवा गरेको छ । सरुवा हुनेमा दशौं तहका ११ र नवौं तशका दुई रहेका छन्।  दशौं तहका राजकुमार पोखरेल स्वाथ्य सेवा विभाग टेकुबाट जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा सरुवा भएका छन् । उनको ठाउँमा गोरखाबाट केदार पराजुली ल्याइएका ...

उद्योगमन्त्री यादवलाई थप उपचारका लागि थाइल्यान्ड लगिदै

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका थाइल्याण्ड लगिने भएको छ । केही दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि रिफर गरिएको हो । आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड  लगिने ...

इमर्जेन्सीमा डाक्टर नआएको महोत्तरीबासीको गुनासो

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बोलाउँदा पनि नआएको गुनासो सेवाग्राहीले गरेका छन्।  रिफर गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।&nb...

प्रदेश नं ३ लाई धुलोमुक्त बनाइन्छ– मन्त्री स्थापित

प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताएका छन्।  आज प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडाँैमा आयोजित भेलामा उन...

स्वास्थ्य मन्त्रालयबाट ११ औं तहको दरबन्दी खारेज गरेकोमा नर्सहरुको असन्तुष्टि

स्वास्थ्य मन्त्रालयमा कायम ११ औं तहको नर्सिङ दरबन्दी नयाँ संरचना अनुसार खारेज गरेकोमा नर्सहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नीति निर्माण तहबाट पन्छाउने प्रपञ्च रचिएको भन्दै दरबन्दी यथावत राख्न उनीहरुले नेपाल सरकारसँग माग गरेका छन्।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर ...

डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै नेपाल कम्युनिस्ट पार्टीको अभिनन्दनपत्र

नेपाल कम्युनिष्ट पार्टीले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ।  बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र र...

चितवनका कुखुरामा बर्डफ्लु देखिएको पुष्टि, केही भागलाई संक्रमित क्षेत्र घोषणा

चितवनमा बर्डफ्लु देखिएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) भेटिएको हो। स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीका करिब २५ सय कुखुरामा बर्डफ्लुको ...

नरदेवी आयुर्वेद चिकित्सालयका प्रमुख डा यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक (बरिष्ठ कन्सल्टेण्ट चिकित्सक) डा.रामदेव यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  यादवले आयुर्विज्ञान अध्ययन संस्थान, नयाँ बानेश्वर काठमाडौंमा आयुर्वेद स्वास्थ्य सहायक तेस्र...

चार वर्षदेखि खुट्टामा रड  राख्न बाध्य महिलाको एक युवाको पहलमा चिकित्सद्वारा नि:शुल्क उपचार

काठमाडौं– आर्थिक अभावमा उपचार गराउन नसकेकी प्युठानकी विपन्न परिवारकी एक महिलाको २३ वर्ष युवा राज बस्नेतको पहलमा नि:शुल्क उपचार भएको छ । चार वर्षदेखि विकको खुट्टामा रहेको रड बस्नेतको पहलमा सानेपास्थित स्टार अस्पतालमा कार्यरत डा सुमनबाबु मरहट्टाले गरेका हुन् ।...

भेरी अञ्चल अस्पतालकी वरिष्ठ हाउस किपिङ निरीक्षक पौडेलमाथि भ्रष्टाचार मुद्दा

 भेरी अञ्चल अस्पतालकी वरिष्ठ हाउस किपिङ निरीक्षक शोभा कुमारी पौडेललार्इ भ्रष्टाषचार मुद्दा दायर गरिएको छ ।  विहीबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर सुरु गरेको आरोप उनीमाथि लागेको छ। उनका श...

श्रम मन्त्रालयले गर्‍यो मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको छ । बायोमेट्रिक मेडिकलका नाममा रहेको उक्त सिन्डिकेट नेपाल सरकारका तर्फबाट खारेजीको निर्णय गर्दै मलेसिया सरकारलाई समेत खारेज गर्न पराराष्ट्र मन्त्र...

नर्सको न्युनतम पारिश्रमिक तोक्दै सरकार, साउनदेखि लागू हुन सक्ने

आगामी साउनदेखि सम्पूर्ण श्रमिकहरुको तलब बढाउनुका साथै बैंक खाता मार्फत् दिइनुपर्ने बाध्यकारी नियम ल्याउन सरकार लागिपरेको छ । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले उक्त नियम लागू गर्न गृहकार्य भइरहेको बताएका छन्।  उनले लाखौं तिरेर...

जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित वृद्धि, दिनमै १२ जना आउँछन् अस्पताल

गौशाला– तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ।  यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक/दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जल...

किर्तिपुर नगरमा स्वयंसेविकाले नै रक्तचाप र मधुमेह परीक्षण गर्ने

किर्तिपुर नगरपालिकाले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई रक्तचाप र मधुमेह परीक्षणको तालिम दिएको छ । नसर्ने रोगको प्रकोप न्युनिकरणको पहल अन्तर्गत नगरपालिकाले  उनीहरुलाई तालिम दिएको हो।  नगरमा रहेका १ सय १३ मध्ये ६० जना परीक्षण गर्न सक्ने स्वयंसेविका...

भेरी अञ्चल अस्पतालमा पहिलो पटक २ जनामा भयो मुटुको एन्जियोग्राम

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवा विस्तार भएको छ। अस्पतालमा नै पहिलो पटक सोमबार दुई जनामा एन्जिओग्राम गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रसँगको सहयोगमा भेरीमा कोरोनरी एन्जिओग्राम सेवा सुरु भएको हो। मुटुको विशेषज्ञ सेवा प्रदान गर्न अस्पतालमा क्य...

पिजी शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज होस् : डा केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले धेरै मेडिकल कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी शुल्क असुलेर करोडौं रुपैयाँको कालोबजारी गरेको आरोप लगाएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजहरुलाई तत्काल सम्बन्धन ख...

स्टोर रुममा लगेर बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

उपचारको बहानामा किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन्। भोजपुरको टक्सार कोटडाँडास्थित आयुर्वेदिक औषधालयमा कार्यरत आयुर्वेदिक हेल्थ एसिसटेन्ट ३२ वर्षीय शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो। साह सरकारी कर्मचारी हुन्। जिल्ला प्रहरी कार्य...

वीर अस्पतालका कर्मचारी भन्छन्– सरसफाइपछि अस्पताल नै नयाँ लाग्न थाल्यो

देशकै पुरानो वीर अस्पतालले अहिले आफ्नो स्वरुप परिवर्तन गर्दै छ।  हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस'को टोली अस्पतालको रङरोगनमा व्यस्त छन् भने त्रिभुवन विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेका खेम शर्माको टोली शौचालय, भित्ता र भुइँको सरसफाइमा व्यस्त छन्। ...

स्वयंसेविकाको प्रश्न– जीवनजल र परिवार नियोजनका साधान खोई ?

संघीय संरचनाअनुसार स्थानीय तहमा स्वास्थ्यका कर्मचारी पुगे पनि औषधि लगायतका सेवा नपुगेको भन्दै गुनासो आएको छ। स्थानीय तहका घर–घरमा पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाले जीवनजल र परिवार नियोजनका साधन समेत उपलब्ध नभएको गुनासो गरेका छन्। सरकारले नि:शुल्क रुपमा स्व...

पढ्नै पर्ने