नेपालमा रोबोटिक सर्जरीको सुरुवात गर्नेमध्येका काठमाडौं मेडिकल कलेजमा कार्यरत सर्जन डा अमित थापा पनि पर्दछन्। जनरल तथा अन्य सर्जरीमा रोबोटको प्रयोग, रोबोट सर्जरीमा विश्वको अवस्था, रोबोटिक सर्जरी र अन्य प्रकारका सर्जरीमा रहेको भिन्नताबारे डा थापासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
आमजनले रोबोटिक सर्जरीलाई कसरी बुझ्ने?
रोबोटिक सर्जरी भनेको मान्छेले नभइ रोबोटले नै सर्जरी गर्ने भन्ने आम बुझाइ देखिन्छ। रोबोटिक सर्जरी मानवीय जनशक्तिले नै गर्नुपर्ने हुन्छ । मान्छेले दिएको निर्देशन अनुसार रोबोर्टले सीमित काम गर्छ । त्यसैले यसलाई रोबोटलाई सेल्भ भनिन्छ।
मान्छेले दुई हातले शल्यक्रिया गर्छन् भने जनरल सर्जरीमा रोबोटको प्रयोग हुँदा ६ वटा हात हुन्छन्। यस्ता सर्जरीमा सर्जिकल रोबोटको प्रयोग हुने गर्छ।
रोबोटले आफैं सर्जरी गर्नेचाहिँ होइन। किनभने रोबोटलाई सर्जरीको पूर्ण जिम्मेवारी दिन सम्भव छैन। बिरामी उपचारको क्षेत्रमा प्रयोग हुने सम्पूर्ण रोबोटहरु सेल्भ रोबोट मात्रै हुन् । सर्जरीको सम्पूर्ण जिम्मेवारी भने चिकित्सकमा नै निर्भर रहन्छ।
चिकित्सकले दिएको निर्देशक बमोजिम ती रोबोटले काम गर्छन्। सेल्भ रोबोट पनि विभिन्न प्रकारका हुने गर्छन्।
जनरल सर्जरी तथा न्यूरोलोजीमा रोबोटको प्रयोग कसरी हुन्छ?
चिकित्सकीय उपचारका लागि निर्मित केही रोबोटहरु जनरल सर्जरी या यूरोलोजीमा प्रयोग हुन्छन । जसमा सर्जन एउटा मेसिनभित्र बस्छ भने उसले औंलाभित्र रोबोटको औंला छिराएर मानवीय निर्देशनमा कार्य गर्दछ।
जसलाई हामी आर्किमिडिज रोबोट पनि भन्छौं । शल्यक्रियाको समयमा हात काँप्ने, ठूलो घाउ बनाउनुपर्ने, एकैपटक धेरैवटा औजार सर्जरीका लागि भित्र छिराउन, सानो छिद्रबाट सर्जरी गर्न यस प्रकारका रोबोटको प्रयोग लाभदायक हुन्छन्।
न्यूरो सर्जरीमा रोबोटको प्रयोग कसरी हुन्छ?
न्यूरो सर्जरीमा जनरल सर्जरीमा जस्तो धेरैवटा हातहरुको प्रयोग आवश्यक हुँदैन । त्येस कराणले न्यूरो सर्जरीमा रोबोटको प्रयोग भिन्नै तरिकाबाट हुने गर्छ । न्यूरो सर्जरीमा प्राय प्रयोग हुने रोबोट “प्रिसिजेन रोबोट” हो ।
दिमागभित्र तार, ट्युब राख्ने समयमा टाऊको कुन भाग बाट दिमागभित्र कुन प्वाइटसम उक्त तार तथा ट्युब राखने यकिन गरेपश्चात् रोबोर्टले निश्चित गरेको प्लान अनुसार प्वालबाट तार तथा ट्युब छिराउने गरिन्छ।
उधाहरणको लागि छारे रोगको शल्यक्रियाका लागि दिमागभित्र तार छिराइन्छ । उक्त तारको माध्यमबाट दिमागमा उत्पादन भइरहेको तरंगको मूल्याङ्कन गर्न र नियन्त्रणमा लिने गरिन्छ।
त्यसरी दिमागमा तार छिराउनका लागि चिकित्सकले योजना बनाइसकेपछि मात्रै रोबोटको प्रयोगले तार छिराइन्छ।
न्यूरोका कस्ता-कस्ता सर्जरीमा रोबोटको प्रयोग हुन थालेको छ?
आजभोली पार्किन्सन्स, छारे रोग, ब्रेन ट्यूमर तथा दिमागभित्र रगत जमेका कारण हुने गरेको स्ट्रोकको समस्यामा समेत रोबोटिक सर्जरी हुने गरेको छ।
यद्यपि रोबोटिक सर्जरीको प्रयोगले मेडिकल एरर कम हुनु, ठूलो चोट नलगाई तथा बेहोस नबनाई शल्यक्रिया गर्न सकिने जस्ता फाइदाहरु हुन्छन्।
दिमागको जुन भागमा समस्या छ, उक्त स्थानबाट नै तार वा इन्डोस्कोप छिराउने विधीबाट न्यूरोसर्जरीमा रोबोटको प्रयोग हुने गर्छ।
त्यस्तै पार्किन्ससको बिरामीहरुमा एक प्रकारको पेसमेकरसँग जोडेर डिप ब्रेन स्टुम्युलेसन विधीबाट उपचार गर्ने गरिन्छ।
पार्किन्ससको बिरामीहरुमा हात गोडा काँप्ने,शरीर अडिग नरहने , हात गोडाहरु बाँउडिने जस्ता समस्या हुने गर्छन् । यसको उपचारका लागि पनि रोबोट प्रयोग हुने गर्छ।
पछिल्लो समय मनोवैज्ञानिक समस्या भएका बिरामीहरुमा समेत रोबोटिक प्रयोग हुने गरेको छ । विभिन्न प्रकारमा मनोवैज्ञानिक समस्याका बिरामीहरुमा दिमाग भित्र तार छिराएर पेसमेकरको सहयोगले सर्जरी गरिन्छ।
पेसमेकरको प्रयोग भने ज्यादै महँगो हुने गर्छ । एउटै पेसमेकरको ८ देखी १० लाखसम्म पर्न सक्छ । यदि दुवै तर्फको दिमागमा पेसमेकरको प्रयोग गर्नुपर्दाे त्यसको दोब्बर खर्च हुन्छ । शरीर भित्र राखने पेसमेकर उपकरणहरूको लागतका कारण डिप ब्रेन स्टुम्युलेसन महँगो भएकोले, एब्लेशन थेरापी धेरै सस्तो समाधान भएको पाइन्छ र रोबोट यी शल्यक्रियाहरूमा धेरै उपयोगी हुन्छ।
टाऊको म साना प्वालबाट ट्युमर भएको आशंकामा मस्तिष्कको घाउबाट बायोप्सी लिन पनि रोबोटिक सर्जरीको प्रयोग भइरहेको छ। यसले यक़ीन को साथ बिरामीको इलाज सहज गराऊ छ।
यसलाई मेरुदण्डमा पेंच राख्न समेत प्रयोग गर्न सकिन्छ। रोबोटिक शल्यक्रिया गर्दा बिरामीहरू अस्पताल म छोटो समय बस्नु पर्ने, शल्यक्रियापछिको दुखाइ कम हुने, छिटो निको हुने, जटिलताहरूको जोखिम कम हुने र सानो चीराका कारण सुधारिएको कस्मेटिक परिणामहरू सहित धेरै सम्भावित लाभहरू प्रदान गर्दछ। यी फाइदाहरूले को बिरामीलाई राम्रो अनुभव र सटिक शल्यक्रिया परिणामहरू दिन्छ।
विश्वमा रोबोटिक सर्जरी हुन थालेको कति समयपछि नेपालमा भित्रियो ?
नेपालको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रोबोटको प्रयोगले सर्जरी गराउनका लागि किन्दासम्म छिमेकी मुलुक भारतमा समेत रोबोर्टको प्रयोग भएको थिएन। नेपालले त्यसलाई प्रयोग गर्नुअघि नै भारतको हैदरबादमा रोबोटको प्रयोग भएको हामीले थाहा पाएका थियौं । तर दक्षिण पूर्वी एसियामा नै रोबोटको प्रयोगले सर्जरी गराउने नेपाल दोस्रो मुलुक हो।
बढी मात्रामा न्यूरो सर्जरी गर्ने अस्पतालमा प्रिसिजेन रोबोटको प्रयोग गरिन्छ। न्यूरो सर्जरीमा हालसम्म रोबोटले पूर्ण रुपमा स्वामित्व लिन सकेको छैन। सर्जरी हतियार नै समातेर रोबोट न्यूरो सर्जरी गर्न थालनी भइसकेको छैन।
रोबोटिक सर्जरी अन्य सर्जरीको तुलनामा कति महंगो हुने गर्छ?
रोबोटिक सर्जरी मानिसले गर्ने सर्जरीभन्दा धेरै महंगो छैन। रोबोट सर्जरी अन्य सर्जरी जस्तै हुन्छ। यसलाई खासै विशेष प्रकारको तयारीको आवश्यकता पर्दैन । यसका लागि पनि जनरल सर्जरीमा जस्तै सिटीस्क्यान एमआरआईको रिपोर्ट जरुरत पर्छ। यसलाई इमेज गाइडेन्स सर्जरी समेत भन्ने गरिन्छ। बिरामीको सिटीस्क्यान, एमआरआई लगायतका रिपोर्टलाई इमेज गाइडेन्स भनिन्छ।
रोबोटिक सर्जरीका लागि शैक्षिक योग्यताका अलावा अन्य विशेष प्रकारका तालिमको आवश्यकता पर्छ कि?
रोबोटिक सर्जरी गर्नका लागि विशेषज्ञतासहित भिन्नै प्रकारको तालिमको समेत आवश्यकता पर्ने गर्छ। रोबोटिक सर्जरी सुरु गर्नु अगाडि उक्त प्रक्रियाले सर्जरी सुरु गरिसकेका अस्पतालहरुमा गएर यस बारेको विशेष ज्ञान लिनु आवश्यक हुन्छ।
मेरो कुरा गर्नुपर्दा मैले भारतको एम्स अस्पताल र अमेरिकाको क्लिवल्यान्ड क्लिनिकमा काम गर्दा रोबोटको प्रयोगबारे ज्ञान लिएको थिएँ।
औंला छिराएर रोबोटिक शल्यक्रिया गर्नका लागि भने भिन्न प्रकारको विशेष तालिमको आवश्यक पर्छ।
हालसम्म काठमाडौं मेडिकल कलेजमा हामीले १ सय भन्दा बढीको संख्यामा रोबोटको प्रयोगले शल्यक्रिया भइसकेको छ।
जसमा सानो छिद्रको सहयोगले दिमागको प्रेसर मापन गर्ने यन्त्र छिराउने,दिमागभित्रको रगत निकाल्ने, ट्युमरबाट बायोप्सी उठाउने लगायतका काम धेरै भएका छन्।