काठमाडौं- भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल)का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन्।
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बडाललाई पक्राउ गरेको हो।
उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो । सीआईबीले यसअघि २४ असोजमा उनकी सुना सुवेदीलाई पनि पक्राउ गरेको थियो।
सुवेदी कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिकी अध्यक्षका रूपमा देखाइए पनि मूल सञ्चालक बडाल नै रहेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।