काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छिन्।
डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ।
सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहेकी उनी जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर भएकी थिइन्।
तर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढेपछि उनले सरकारी सेवाबाट राजीनामा दिएकी हुन्।
स्रोतका अनुसार डा मिश्रालाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री कार्की टिममा छलफलमा रहेकी छिन्।