काठमाडौँ- सरकारले चीनसहित ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान रहेका छन्।
सरकारले फिर्ता बोलाइएका राजदूतहरूलाई कात्तिक २० भित्र नेपाल फर्कन निर्देशन दिएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा डा. शैल रुपाखेती जर्मनी रहेका छन्। त्यसैगरी चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमिल्सिना, कतार रमेशचन्द्र पौडेल, रुस जंगबहादुर चौहान, साउदी अरब नरेशविक्रम ढकाल, स्पेन सनिल नेपाल, बेलायत चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापान दुर्गाबहादुर सुवेदी छन् ।