टिप्स/जानकारी

अप्ठ्यारो माने 'प्राइभेट पार्ट'का यी रोगले झनै दुःख दिन्छ : डा अनुपमा कार्की

हाम्रो विभागमा दैनिक विभिन्न यौनरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भेजाइनल डिस्चार्ज सिन्ड्रोम) हो।

यौनांगमा मुसा भएका महिला पनि आउने गर्छन्। अर्कोचाहिँ हर्पिस भन्ने हुन्छ। यसमा ससाना पानी फोकाहरू आउने हुन्छ, जुन एकदमै भतभती पोल्ने र दुख्ने हुन्छ।

सिफिलिसक पीडित पनि हामीकहाँ आउँछन् । यो महिला पुरुष दुवैमा हुन्छ । यो रोगमा सुरुमा आउने अल्सर खासै दुख्ने खालको हुँदैन। कुनै आफै निको भएर जाने खालका पनि हुन्छन्।

२० देखि ३० वर्ष पुरानो रोग भएकाहरू पनि भेटेकी छु मैले । तर, अहिलेका युवाहरू धेरै हदसम्म चेतनशील देखेकाी छु मैले। कम्तीमा आफूलाई यस्तो भयो भनेर खुलेर कुरा गर्न सक्ने भएका छन्।

यौन शिक्षाको बारेमा थेरथोर जानकारी छ। कोही यस्तो समस्या आइपरे लुकाएर लजाएर बस्ने पनि गरेका छन् । कलेजमा विद्यार्थीहरू पनि विभिन्न समस्या बोकेर आउने गरेका छन्। 

धेरै सुई प्रयोग गर्ने लागुपदार्थ दुव्यर्सनीलाई रगतबाट एचसिबी, सिफिलिस, एचआइभी, हेपाटाइटिस बी, सी लाग्न सक्ने सम्भावना हुन्छ।

यौनरोग लागेको मानिसलाई एचआइभी लाग्ने सम्भावना धेरै हुन्छ । अहिले त कतिपय महिलाहरूले पनि परपुरुषसँग सम्बन्ध राख्ने गरेका छन्, जसका श्रीमान् बाहिर गएका छन् । कोहीकोही त विदेशबाट श्रीमान् आउनुअघि केही संक्रमण भयो कि भन्ठानेर चेकअप गर्न पनि आउँछन्।

रोग बढ्नुअघि सावधानी अपनाउन गाह्रो छैन । अप्ठ्यारो मानेर बस्दा रोगले झनै दुःख दिन्छ।

-(चर्म तथा यौनरोग विशेषज्ञ डा कार्की चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत छिन्।)


यो पढ्नुहोस् :

कभर स्टोरी असावधानीले जटिलता निम्त्याउने महिलाका रोग

महिलाको 'प्राइभेट पार्ट'का समस्या चानचुने होइन : डा अचला वैद्य

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live