१ औषधिको मूल्य समाजयोजन गर्ने भनेको घटाउने भन्ने बुझाइ सही हो ?
औषधिको मूल्य समायोजनको अर्थ मुल्य घट्नु मात्रै नभइआवश्यकता अनुसार बढ्नु पनि हो। मूल्य समायोजन भन्नाले सहज मुल्यमा गुणस्तरीय औषधि प्रदान गर्नु हो। स्वदेशी औषधि कम्पनीलाई उकास्दै गुणस्तरीय औषधि प्रदान गर्ने नीति आवश्यक छ। विश्वसँगको तुलना गर्दै औषधिकाको मूल्य निर्धारण हुने गर्छ। नेपालमा लाामो समयदेखि औषधिको मुल्य समायोजन हुन सकेको छैन । छिमेकी मुलुकको भारतको कुरा गर्ने हो भने प्रत्येक वर्ष जुलाई महिनामा औषधिको मुल्य समायोजन हुने गर्छ।
२ एउटै औषधिको मुल्य किन कम्पनीअनुसार फरक ?
एउटै प्रकारको औषधिमा फरक फरक मूल्य हुनुभएन त्यसकारण मुल्यमा समायोजन हुनु जरुरी छ। औषधिको गुणस्तर र मूल्य निर्धारण गर्ने संस्था नै भिन्न भिन्न हुनु जरुरी छ।
अस्पतालमा एउटै किसिमको औषधिको फरक-फरक मुल्य लिइरहेको अवस्था छ। औषधिमा चाहिने कच्चा पदार्थ, प्रयोग हुने प्रविधि तथा बजारसम्म ल्याउनका लागि लाग्ने खर्च सबै कम्पनीको एउटै नहुने भएकोले एउटै प्रकारको औषधिको मूल्य फरक-फरक पर्न जान्छ।
कतिपय अवस्थामा औषधि उत्पादनमा प्रयोग हुने जनशक्तिको तलबका आधारमा पनि मूल्य निर्धारण भएको हुन्छ। त्यस्तै कम्पनी अनुसार मुनाफाको प्रतिशत पनि फरक-फरक हुनाले पनि यस्तो स्थिति आउन सक्छ। त्यसकारण एउटा कम्पनीको औषधिको मूल्य अर्कोसँग फरक पर्छ।
पहिले पहिलेको औषधि बजार आयातमा मात्रै केन्द्रित थियो। त्यस्तो हुँदा जुन मुलुकबाट औषधि आयात गरिएको हो, त्यही मुल्य नेपालमा पनि लागु हुने अवस्था थियो । हाल भने नेपाली औषधि बजारमा स्वदेशी कम्पनीको हिस्सा राम्रो छ। औषधिको मूल्य निर्धारणमा जनता केन्द्रित हुनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो । हामीले आफैंलाई एक उपभोक्ताका रुपमा तुलना गर्नुपर्दाेमा पनि यसैमा केन्द्रित छौं।
३ स्वदेशी औषधि गुणस्तरहीन हुन्छन् ?
स्वदेशी औषधिको गुणस्तर राम्रो हुँदैंन र विदेशीको राम्रो हुन्छ भन्ने भ्रम कतिपयमा छ। यो आधारहीन र गलत आरोप हो भन्ने मलाई लाग्छ । औषधि उत्पादनका निश्चित मापदण्ड पुरा नभएसम्म कम्पनीले उत्पादन बजारीकरण गर्न पाउँदैनन्। त्यसकारण पनि यो गलत आरोप हो। त्यसकारण बजारमा गइसकेका स्वदेशी कम्पनीका औषधिहरुलाई न्यून गुणस्तरका हुन्छन् भन्ने भ्रमलाई हटाउन जरुरी छ। यद्यपि नक्कली उत्पादनको बिक्रीवितरण भएको अवस्थामा त्यसको निगरानी तथा कार्वाही गर्ने निकायका रुपमा औषधि व्यवस्था विभागको भूमिका छ।
४ स्वास्थ्य बिमाका औषधि गुणस्तरहीन भएको आरोप कति सत्य?
स्वास्थ्य बिमामा समावेश भएका औषधिहरु गुणस्तरहीन भएको समाचार बेलाबेला आउने गरेका छन्। यसको अर्थ सबै औषधिहरु गुणस्तहीन छन् भन्ने बुझाइ गलत हो। कहिलेकाहिँ केही औषधिको गुणस्तरमा प्रश्न उठ्नु स्वभाविक छ। सबैमा एउटै बुझााइ राख्नु भने हुँदैन। कतिपय गुणस्तहीन भनिएका औषधिहरुको परीक्षण समेत औषधि व्यवस्था विभागले गर्दै आइरहेको छ । स्वास्थ्य बिमामा समावेश कुनै पनि कम्पनीको औषधि गुणस्तरहीन छ भन्नुमा पूर्वाग्रह हुन्छ।
औषधि मूल्यका विषयमा भएका गुनासाहरुको सही रुपमा सम्बाोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्याा मन्त्री प्रदीप पौडेललाई सुझाव समेत दिइसकिएको छ