दाङ- दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।
अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ।
सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।
अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ।
अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि अस्पतालले जनशक्ति माग गरेको हो।
अस्पतालले माघ १५ गतेभित्र आवेदन दिन भनेको छ। अस्पताल ३ अर्ब लगानीमा निर्माण भइरहेको अर्यालले जानकारी दिएका छन्।
हेरौं सूचना
यो पनि:
३ अर्ब लगानीमा दाङमा यस्तो बन्दैछ पाँच सय शय्याको सञ्जीवनी अस्पताल