काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने उपत्यकाका थप ४ वटा औषधि पसललाई २–२ लाख जरिवाना गरेको छ। यसअघि मंगलबार पनि ४ वटा मेडिकल तथा औषधि पसल जरिवानामा परेका थिए।
क्षेत्रपाटीस्थित पुरी सर्जिकल इक्युपमेन्ट सप्लायर्स प्रालि र शुभम् हेल्थ केयस प्रोडक्टस प्रालि र ओएसवि इन्टरप्राइजेज तथा नयाँबानेश्वरको भरोसा फार्मेसी लाई २-२ लाख रुपैयाँ जरिवाना गरिएको हो। क्षेत्रपाटीकै क्रेकस इन्टरप्राइजेज, काठमाण्डौ ट्रेड कन्सर्न, स्पेलण्डिड ट्रेडर्स, र मामा भान्जा ट्रेड कन्सर्नलाई २०-२० हजार रुपैयाँ जरिवाना गरिएको छ।