काठमाडौं- ललितपुरको बिएण्डबी अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको छ।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डा शर्माको दाबी छ।
ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटिक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन्।
रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डा लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन्।
रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।