काठमाडौं- एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका छन्।
डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका हुन्।
जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड दिइएको थियो। डा कोइरालाले नेपालमा बेलायतको सर्जिकल गतिविधिलाई पुनरुत्थान गर्ने दिशामा यो ठूलो कदम भएको बताए।