काठमाडौं- छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी २७-३० नोभेम्बर २०२४ (१२-१५ मंसिर २०८१) मा छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको हो।
उक्त सम्मेलनको स्थानीय आयोजक त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभाग र एसिएन पपुलेसन एसोसिएसन आयोजक रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सम्मेलनको लागि सल्लाहाकार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको संयोजकत्वमा दश सदस्यीय राष्ट्रिय सल्लाहकार समिति गठन गरिएको छ।
समितिको सदस्यहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, सहसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहसचिव, गृह मन्त्रालय, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. सहसचिव, अर्थ मन्त्रालय, प्रमुख, जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रि.वि., उपप्रमुख तथ्याङ्क अधिकारी, राष्ट्रिय तथ्याङ्क कार्यालय, सहसचिव, जनसंख्या व्यवस्थापन महाशाखा रहेका छन्।