मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sat, Jun 20, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जेन–जीलाई बालेनको आग्रह- संसद विघटनपछि मात्रै वार्तामा बसौं
काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
राप्रपाका ४२ सांसदले दिए सामूहिक राजीनामा
प्रदेश र संघीय संसदका गरी ४२ जना सांसदहरुले राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
केपी ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
जेनजीको प्रदर्शन चर्कँदै गएको र राजनीतिक दलका नेताहरुको घरमा आगलागी लगाउने क्रम चल्दै गएपछि ओलीले राजीनामा दिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
एमालेनिकट अनेरास्ववियु अध्यक्ष डा सुजन कडरियाको राजीनामा
'विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक विद्यार्थी संगठनहरूले स्कुले पोशाकमै रहेका विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको पीडा छ,' डा कडरियाले लेखेका छन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै पौडेलले लेखे- युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो
एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
ब्रेकिङ : स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन्। जेनजेड (Gen Z) प्रदर्शन र त्यसबाट उत्पन्न दबाबका कारण उनले पद छाडेका हुन्।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री नेता गगन थापाको घरमा आगजनी
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि असन्तुष्ट बनेका जेन-जी युवाहरूले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्। हिजो भएको प्रदर्शनमा प्रहरीले चरम दमन गरेको र गोली चलाउँदा कम्तीमा १९ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको छ।
मंगलबार, भदौ २४, २०८२
पोस्टमार्टमका लागि प्रहरीको पत्र कुर्दै त्रिवि शिक्षण अस्पताल
मृतकमध्ये १६ जनाको शब पोस्टमार्टमका लागि अस्पताल आइपुगेको त्रिवी शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले बताए ।
मंगलबार, भदौ २४, २०८२
डा सन्दुक रुइटले भने- अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन्
डा. रूईटले विज्ञप्ति जारी गर्दै भने, 'देशप्रेमी निहत्था सपुतहरूको हत्या कुनैपनि शब्दले निन्दा गर्न अपुरो हुन्छ। म गहिरो पीडामा छु र ज्यान गुमाउने युवाका अभिभावकप्रति हृदयदेखि संवेदना व्यक्त गर्दछु।'
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा गोली चल्दा दुई जना गम्भीर घाइते
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा जेनजेड (Gen Z) युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ।
मंगलबार, भदौ २४, २०८२
भक्तपुरको बालकोटमा गोली चल्यो, गोली लागेर दुई जना घाइते
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । उनीहरुलाई रोक्न प्रहरीले गोली चलाएको हो।
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
बानेश्वरमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
एमालेको केन्द्रीय कार्यालय तोडफोड
सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल
मन्त्री पौडेल यतिबेला छलफलमा नै रहेका छन्। छलफलमा जे जस्ता सुझाब आएपनि मन्त्री पौडेलले भने व्यक्तिगत रुपमा नै राजीनामा दिने तयारी गरेको बताइएको छ।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड
प्रदर्शनकारीले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन्। उनीहरुले देउवा निवासमा आगलागीको प्रयास पनि गरेका छन्।
मंगलबार, भदौ २४, २०८२
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो
ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो।
मंगलबार, भदौ २४, २०८२
प्रचण्ड निवासमा तोडफोड
उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ। कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन्।
मंगलबार, भदौ २४, २०८२
कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
राजीनामा वक्तव्यमा उनले २३ भाद्रमा देशभर विशेषगरी काठमाडौंमा भएको युवापुस्ताको आन्दोलनमा गरिएको बल प्रयोग, हत्या र दमनप्रति गहिरो आपत्ति जनाएका छन्। “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार हुनु अस्वीकार्य छ,” भन्दै उनले यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
मंगलबार, भदौ २४, २०८२
जेनेजी आन्दोलनका घाइतेलाई निजी मेडिकल कलेजहरूले निःशुल्क उपचार गर्ने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका २ घाइतेको काठमाडौं नेशनल मेडिकल कलेजमा निशुल्क उपचार, नर्भिकमा दुई उपचाररत
त्यस्तै प्रदर्शनमा घाइते भएका केहीको नर्भिक अस्पतालमा उपचार गरिएको छ । घाइतेहरुको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको अस्पतालले जनाएको छ ।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस महामन्त्री गगन थापाको धारणा : नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ
उनले भनेका छन्, 'रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। '
मंगलबार, भदौ २४, २०८२
ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्ने तयारी
११ मध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्ने तयारी भइरहेक छ।
मंगलबार, भदौ २४, २०८२
काठमाडौं चक्रपथ भित्र बिहान ८:३० बजेदेखि नै कर्फ्यु
मंगलबार, भदौ २४, २०८२
एमालेनिकट महाराजगञ्ज क्याम्पस अनेरास्ववियुको कार्यकारी समिति भंग, कर्णाली इञ्चार्ज डा. भामले दिए राजीनामा
डा. भामले बताएका छन्, 'बिद्यार्थी सङ्गठनहरूले कि त पार्टीको आवद्धताबाट अलग भएर स्वायत्त बन्ने, कि बिघटन हुने समय आएको छ। त्यसर्थ हामीले आजकै मितिदेखि अनेरास्ववियुको सङ्गठनलाई महाराजगञ्ज मेडिकल क्याम्पसमा बिघटन गरेका छौं।'
सोमबार, भदौ २३, २०८२
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।
सोमबार, भदौ २३, २०८२
बेथिति विरुद्ध जेनजी प्रदर्शन : विभिन्न अस्पतालमा ४२२ जना घाइते उपचाररत, १९ जनाको मृत्यु
सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा भर्ना भएका छन्, जहाँ १७० जना उपचाररत छन् र ३ जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते पुगेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल ट्रमा सेन्टरमा ५९ जना घाइते भर्ना भएका छन् र त्यहाँ मृत्यु हुनेको संख्या ८ रहेको छ, जुन सबैभन्दा बढी हो।
सोमबार, भदौ २३, २०८२
Previous
71
72
73
74
75
Next
सर्च गर्नुहोस्
×
Search