मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आविष्कार केन्द्रले बनायो सरकारी अस्पतालमा थन्किएका ३ सय बढी उपकरण
सरकारी अस्पतालमा बिग्रिएर थन्किएकाा ३ सय बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुन: प्रयोग गर्न योग्य बनाएको छ। गत भदौमा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु बनाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो।
बिहीबार, पुस ४, २०८१
पाँचपोखरीमा बृहत स्वास्थ शिविर सम्पन्न
शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा अमरदीप शाहले बताए। ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताए।
बिहीबार, पुस ४, २०८१
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्रीको अनुगमनः ‘औषधिको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ’
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए। पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
बिहीबार, पुस ४, २०८१
चन्द्रागिरि नगर अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
बिहीबार, पुस ४, २०८१
नेपाल नर्सिङ संघको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षबाट उजुरी दर्ता
नेपाल नर्सिङ संघको २०औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएको छ। स्वतन्त्र नर्सहरुले नेपाल नर्सिङ संघ तथा निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गराएको नर्स जानकी धाँमीले बताइन्।
बिहीबार, पुस ४, २०८१
बकुलहर रत्ननगर अस्पतालको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा कर्माचार्य
बकुलहर रत्ननगर अस्पताल, चितवनको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा गोपाल कर्माचार्यलाई मनोनित गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट उनलाई सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।
बिहीबार, पुस ४, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ । यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।
बिहीबार, पुस ४, २०८१
पहिलो ध्यान दिवस मनाइँदै, विश्वव्यापी प्रवचन दिँदै रविशंकर
संयुक्त राष्ट्र संघले ७ डिसेम्बरमा यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो। पहिलो दिवसलाई विश्वव्यापी गराउने उद्देश्यसहित विश्वभर एकैपटक प्रत्यक्ष प्रशारण मार्फत ध्यान गर्ने र ध्यानका विषयमा प्रवचन गर्ने कार्यक्रम राखिएको हो।
बिहीबार, पुस ४, २०८१
स्वास्थ्यमा सामाजिक-आर्थिक अवस्थाको गहिरो प्रभाव: वैज्ञानिक अध्ययनका प्रमुख निष्कर्षहरू
सन् १९६७ मा बेलायतको सरकारी कर्मचारीहरूमा सुरु भएको यो अध्ययनले के प्रमाणित गर्यो भने, स्वास्थ्यमा केवल व्यक्तिगत बानी, आहार, र चिकित्सा सेवा मात्र प्रभावकारी हुँदैनन्। यसमा व्यक्तिको आर्थिक स्थिति, कामको स्तर, शैक्षिक योग्यता, र सामाजिक वातावरणले पनि ठूलो भूमिका खेल्छ।
बिहीबार, पुस ४, २०८१
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं एकाईंको अध्यक्षमा बानियाँको उमेदवारी
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौं एकाईको अध्यक्षमा भोजबहादुर बानियाँ (कबिर)ले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। काठमाडौंको कमलादीमा यही पुस ६ गते हुने २०औं महाधिवेशनले एकाईमा नयाँ कार्यसमिति चयन गर्ने छ।
बुधबार, पुस ३, २०८१
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह, कतार सकारात्मक
बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए।
बुधबार, पुस ३, २०८१
एचपीभी खोपको पहिलो खेप काठमाडौँ भित्रियो
पहिलो खेपमा ४ लाख ६० हजार ९४० भाइल खोप ल्याइएको छ। ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोप मंगलबार राति क्याथे प्यासेफिकको उडानमार्फत चीनबाट हङकङ हुँदै काठमाडौँ ल्याइएको हो।
बुधबार, पुस ३, २०८१
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताइन्।
बुधबार, पुस ३, २०८१
जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन निर्माण
हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरिएको छ। स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।
बुधबार, पुस ३, २०८१
एजीटीले नेपाली ब्रान्डमा ल्यायो १० सेकेन्डमै ज्वरो नाप्ने थर्मोमिटर
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
बुधबार, पुस ३, २०८१
स्वास्थ्य बीमाको क्षेत्र बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
प्रदेशका बढीभन्दा बढी अस्पतालमा बीमामार्फत प्राप्त हुने स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने भन्दै मुख्यमन्त्री सिंहले प्रत्येक अस्पतालमा स्वास्थ्य बीमा डेस्क राख्न सुझाव दिए। उनले स्वास्थ्य बीमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकालाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए।
बुधबार, पुस ३, २०८१
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए। स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
बुधबार, पुस ३, २०८१
नेपाली रक्तदाता संघ यूएईको आयोजनामा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार, पुस २, २०८१
डा भोला रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान
अस्पतालको २८औँ वार्षिक साधारण सभाको अवसरमा उनलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मानबाट सम्मानित गरेको हो।
मंगलबार, पुस २, २०८१
थर्पु आधारभूत अस्पतालमा दन्त शिविर
तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ। १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो।
मंगलबार, पुस २, २०८१
जलवायु परिवर्तनले बढ्दै स्वास्थ्य समस्या: डा धिमाल
पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भारमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ।
मंगलबार, पुस २, २०८१
मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे। उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँग सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए।
मंगलबार, पुस २, २०८१
कान्तिपुर डेन्टल कलेज एन्ड टिचिङ्ग हस्पिटल १८ औँ वर्षमा
ब्याचलर इन डेन्टल सर्जरी बीडीएस तर्फ ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जनालाई शिक्षा प्रदान गरेको छ। प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि संचालित डिप्लोमा इन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन भइसकेका छन्।
मंगलबार, पुस २, २०८१
चिसो मौसममा हृदयवाहिका र मुटु
शारीरिक तौल स्वस्थ्यमय राख्ने, धेरै चिल्लोपिरो या घिउ नखाने। सकेसम्म मौसम अनुसार फलफूल चपाएर खान। पर्याप्त मात्रामा पानी खाने गर्नुपर्छ। ब्यायाम गर्नु जरुरी हुन्छ तर सकेसम्म अनावश्यक रुपमा घर बाहिर या चिसो ठाउँमा काम नगर्ने। मौसम अलि तातो भएको बेला या अलिअलि घाम निस्केको बेला दिउँसोतिर मात्र एक्सरसाइज गर्ने गर्नुपर्छ।
मंगलबार, पुस २, २०८१
गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा बराल र सापकोटा मनोनित
सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले कास्कीका डा बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए।
सोमबार, पुस १, २०८१
अंगदान र प्रत्यारोपण सम्बन्धी जानकारी अब अनलाइनबाटै
नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
सोमबार, पुस १, २०८१
के हो ब्लू जोन ?
यस क्षेत्रमा दीर्घकालीन रोगहरूको दर पनि कम भएको पाइन्छ। यसको अवधारणा नेसनल जियोग्राफिक फेलो ड्यान ब्युट्नरद्वारा पहिलो पटक पहिचान गरिएको थियो। उनले पाँच वटा त्यस्ता क्षेत्र पहिचान गरे जसलाई ब्लू जोन भनियो। यहाँ बस्ने मानिसहरूको स्वास्थ्य परिणामहरू उत्कृष्ट छन्।
सोमबार, पुस १, २०८१
गुणस्तरमा सम्झौता गरेर मेडिकल कलेजमा सिट थप्न सकिँदैन: डा अञ्जनीकुमार झा
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै डा झाले भने, ‘३३ प्रतिशत त विदेशी विद्यार्थीलाई नै सिट छुट्याएका छौं। अझै पनि कति सिट थप्नुपर्ने हो? गुणस्तरमा सम्झौता गरेर पैसा कमाउने उद्देश्यले सिट संख्या थप्न सकिँदैन।’
सोमबार, पुस १, २०८१
स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भयोः डा अनिल कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भएको बताएका छन्। स्वास्थ्यका समस्या हल गर्न सबैभन्दा पहिले राम्रा नीति-नियमलाई पछ्याउनु आवश्यक उनको भनाइ छ।
सोमबार, पुस १, २०८१
स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ। गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो।
सोमबार, पुस १, २०८१
Previous
142
143
144
145
146
Next
सर्च गर्नुहोस्
×
Search