काठमाडौं- त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त भएका छन्। त्रिविले उनलाई छनोट समितिले दिएको सिफारिसका आधारमा निर्देशकमा नियुक्त गरेको हो।
डा आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत थिए।
यसैगरी, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त भएका छन्। उनी यसअघि सहायक क्याम्पस प्रमुख थिए भने केही समय निमित्तका रुपमा पनि जिम्मेवारी पाएका थिए।