जीवनको सुरुवातसँगै मृत्यु, एउटा रहस्य तर यथार्थ हो। द युनिफर्म डिटर्मिनेसन अफ डेथ एक्ट क अनुसार मृत्यु को परिभाषा भनेको पुन: सञ्चालन नहुने गरि रक्तसंचार र स्वासप्रस्वास बन्द हुनुका साथै मस्तिष्क तथा ब्रेन स्टिमका सम्पूर्ण कामक्रिया बन्द भई काम गर्न नसक्ने अवस्था हो।
मृत्युकै पर्यायवाची शब्दको रुपमा रहेको तर फरक अर्थ लाग्ने अर्को शब्द कोमा भन्ने आउँछ। कोमा भनेको लामो समयसम्म बेहोशी अवस्थामा हुनु हो तथा कुनै पनि पिडा प्रति सचेतना नदेखाउने अवस्था हो। चिकित्सा शास्त्रले ल्याएको आधुनिक बैज्ञानिक पद्दतिहरुको प्रयोगले मृत्यु रोक्न नसकेपनि मृत्यु र कोमा बीचको समयलाई दिर्घायु बनाउने काम गरेको छ। मेडिकल साईन्सले मृत्यु र कोमा बीचमा स्पष्ट रेखा ताने पनि क्लिनिकल र कानुनी मान्यताले घरि-घरि सहि मृत्युको परिभाषालाई नै चुनौती दिने काम गर्छ। हुन त विभिन्न देशको कानुनले आफ्नो आफ्नो तर्क अनुसार समय-समयमा मृत्युलाई परिभाषित गर्ने गरेका छन्।
हुन त नेपालले अझैपनि हृदय गतिको रेखा पूर्णरुपले सिधा हुनुलाई नै मृत्युको ठोस प्रमाण मान्ने गरेको छ, तर भेन्टिलेटर जस्तो मसिनले स्वास फेर्दै गरेको र औषधिको भरमा चलेको मुटुको ढुकढुकीलाई जीवित मान्नु कतिको उपयुक्त हो यो भने विशेष प्रश्न उठ्छ। सन् १९५९ तिर मोलार्ट र गौलनले ब्रेन डेड हुनु नै मृत्यु हो भने, अर्थात् लामो समयसम्म गहिरो कोमामा भएको व्यक्ति, सास फेर्न नसक्ने, कुनैपनि चेतना नभएको या प्रतिक्रिया दिन नसक्ने, कोमाबाट फर्किन नसक्ने तथा ईईजीमा मस्तिष्कको कुनै गतिबिधि नदेखिनु नै मृत्यु हो परिभाषित गरे। यसरी आधुनिक मसिनको सञ्चालनमा राखेर एउटा लासलाई बर्षौंसम्म सुरक्षित राख्न सकिन्छ भन्ने तात्पर्य निस्कियो। हुनपनि सोच्नु पर्ने कुरा हो, आधुनिक मेसिन सञ्चालन गर्दा परिवार सँगसँगै अस्पताल सञ्चालकलाई पनि आर्थिक रुप ले निकै खर्च परिरहेको हुन्छ।
अस्पतालमा भएका सिमित शैय्यामा बिरामी संख्या बढी भयो भने कहिले नब्युझिने मृत शरीरलाई राख्ने या साँच्चिकै जीवित भएका बिरामीको उपचार निम्ति राख्ने कुरा पनि संयोगवश उठ्ने गर्छ। क्यालिफोर्नियाको केस जाहि म्याक-म्याथको कथा पनि स्वास्थ्यकर्मी तथा कानुनविज्ञहरुको लागि ठुलो चुनौती ल्याएको थियो।
सन् २०१३ मा मस्तिष्क मृत्यु घोषणा भइसकेको म्याथलाई कहिलेसम्म अस्पतालमा राख्ने निष्कर्ष हेतु चिकित्सकका समूहले मृत्यु घोषणा गरे पश्चात, म्याथका माता पिताले सोकुरा अस्वीकार गरेका थिए र म्याथलाई आफ्नै घरमा सम्पूर्ण उपचार पद्दतिका साथ राखे। अचानक एकदिन म्याथका आमाले बिरामी छोरीले खुट्टा चलाएको देखिन् र म्याथ समय-समयमा महिनावारी समेत भएको जानकारीका साथ म्याथले अस्पतालमा उपचार गर्न पाउनु पर्ने उजुरी दिएका थिए। तर चिकित्सकको समूहले पुनः परिक्षण गर्दा कुनै प्रतिक्रिया नआएको म्याथ लाई सन् २०१८ जुनमा मृत घोषणा गरियो। यस्ता अन्य घटना हरु पनि सार्वजनिक भएका छन्।
स्ट्रेलियन अनुसन्धानकर्ता एलिसन विल्सनका अनुसार मानब मृत शरीर मृत्यु पश्चात् लगभग एक वर्षसम्म आफैं हलचल हुन सक्छ। उनले गरेका शोधमा मृत शरीरहरु विभिन्न समयमा हेर्दा आफ्नो स्थान परिवर्तन गरेको जानकारी हासिल गरेका छन्। कतिपय मलामी गएका व्यक्तिहरु अनुसार लास जलाउँदा सास फेरेको या शरीर चलेको कुरा सुनाउँछन्। त्यसो भए के शरीर मरेर पनि मर्दैन, या मस्तिष्क मृत्यु भन्ने शब्द नै गलत हो ?
![table-1738844090.JPG](https://swasthyakhabar.com/uploads/posts/table-1738844090.JPG)
प्रश्न जति उठे पनि, उत्तर अझै स्पष्ट पाउन सकिएको छैन। प्रोफेसर डा डेभिड ग्रियर, बोटसन अनुसार मनमा सनक लागुन्जेल कुनै शरीरलाई मृत घोषित नगर्ने सल्लाह दिएका छन्। विभिन्न समयमा भएका शोधहरु अनुसार मानव शरीर विभिन्न किसिमका रसायन पदार्थले बनेको हुन्छ, मृत्यु पश्चात् ती रसायनहरुको प्रतिक्रिया हुनजान्छ।
विभिन्न किसिमका जीवाणुहरु शरीरलाई कुहाउन सुरु गरेको हुनाले शरीर तन्किने-खुम्चिने गर्छन्। यही क्रममा स्थान परिबर्तन हुने गर्छ। ब्रेनस्टिम र सेरेब्रेल कोर्टेक्समा एसेण्डिङ्ग रेटिकुलर एक्टिभेटिङ्ग सिस्टम बिग्रे पश्चात मानिस कोमामा जाने गर्छन्। लगभग ७५ प्रतिशत ब्रेन डेड मानिसमा स्पाइनल रिफ्लेक्सले गर्दा लाजेरस साइन देखिन्छ, जसमा मृत शरीरको हातहरु आफैं करिब १०-३० सेकेण्ड माथि तिर उठ्ने गर्छ। मृत्यु भएको एक घण्टा नपुग्दै शरीरमा राईगर मोर्टिस हुन जान्छ, जसमा एक्टिन र मायोसिन फ़िलमेण्ट्सहरु स्टिफ्फ एक्टिनोमाऎसिनमा परिणत हुन्छ, जसले गर्दा मांशपेशीहरु कडा तथा खुम्चिने गर्छ। शरीरमा हुने कुहिने प्रक्रिया, मोलिकुलर डेथ, प्राकृतिक रुपले हुने ममिफिकेसन, राईगर मोर्टिस, पुट्रिफिकेसन, जैविक रासायनिक परिबर्तनहरुका जटिल प्रक्रिया नै मृत्यु लाई भ्रामिक रहस्यमय बनाएको छ।
(डा प्रकाश नेपाल मेडिकल कलेजमा लेक्चर छिन्)