प्राडा पशुपति चौधरी
अस्टियोपोरोसिस भनेको के हो?
शरीरमा हाडको घनत्व कम भएर हाड पातलो, हलुका र कमजोर हुने र सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। सामान्यतयाः ३० वर्षको उमेरपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि महिला बढी जोखिममा हुन्छन् किनभने हाडको घनत्व यथावत राख्ने इस्ट्रोजन नामको हर्माेन महिलामा विस्तारै घट्दै जान्छ।
अस्टियोपोरोसिसको विशेष कुनै लक्षण हँुदैन। प्रायः हाड भाँचिनु नै यसको पहिलो लक्षण हुन सक्छ। सबैभन्दा बढी ढाड, कम्मर र नाडीका हाडहरु यसको कारणले भाँचिने गरेको पाइन्छ। तर अस्टियोपोरोसिस रोक्ने वा उल्ट्याउने तरिकाहरु छन्। उपचार गरेमा हाडको घनत्व बढाउन सकिन्छ।
कारण
अस्टियोपोरोसिस हुने धेरै कारण हुन्छन्। अस्टिपोरोसिस मानव शरीरमा लाग्ने धेरै रोग, तिनका लागि गरिने उपचार एवं औषधिले पनि हुन्छ।
महत्वपूर्ण कारण यस प्रकार छन्ः
- धेरै अल्कोहलको प्रयोग गरेमा
- मिर्गौला रोग
- हाइपाराथारोपिज्म
- भोक नलाग्ने रोग भएका
- सर्जरी गरेर ओभरी निकालेमा
- छारे रोगको औषधि सेवन गरेमा
- ग्लुको कोरटिकोस्टेराइड औषधि धेरै दिनसम्म सेवन गरेमा
- धूमपान
- कम व्यायाम
अस्टियोपोरोसिसमा हुने लक्षण
- अस्टिपोरोसिसको आफैं केही लक्षण हुँदैन। धेरैजसो हाड भाँचिएपछि मात्र बिरामी वा चिकित्सलाई यसको बारेमा थाहा हुन्छ।
- दुखाइ
- हड्डी भाँचिनु
- हाड बाँगो हुनु
- अस्टियोपोरोसिस उमेर बढ्दै गएपछि हुन्छ। यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ।
- युरोपियन र एसियनमा अस्टिपोरोसिस हुने सम्भावना बढी हुन्छ।
अस्टियोपोरोसिसबाट बच्ने उपाय
- नियमित कसरतले हाडको घनत्व बढाउँछ।
- बढ्ने उमेरमा पर्याप्त मात्रामा क्याल्सियम सेवन गरेमा पनि अस्टियोपोरोसिसबाट जोगिने
सम्भावना बढ्छ।
- वृद्धावस्थामा क्याल्सियम सेवन गरेमा पनि यसबाट बच्न सकिन्छ।
- दूध, दहीको नियमित सेवन गरेमा यसबाट बच्न सकिन्छ।
- अत्यधिक चिया–कफीको सेवन नगर्ने।
- धूमपान नगरेमा
- अल्कोहोल सेवन नगरेमा
- नियमित व्यायाम गरेमा
- हाडको घनत्व घटाउने औषधि प्रयोग नगरेमा
अस्टियोपोरोसिस हुने कारणमध्येका केही कारणलाई बदल्न सकिन्छ भने केही कारणलाई बदल्न सकिँदैन।
बदल्न नसकिने कारण
- उमेर बढ्दै जानु
- महिनावारी बन्द भइसकेका महिला
- युरोपियन र एसियन इथनिक ग्रुप
- वंशाणुगत
- होचो हुनु
बदल्न सकिने कारण
- प्रचुर मात्रामा अल्कोहोलको प्रयोग
- भिटामीन डीको कमी
- धूमपान
- व्यायामको कमी
अस्टियोपोरोसिस भएको कसरी थाहा पाउने?
अस्टिपोरोसिस थाहा पाउने प्रमुख माध्यम हाडको धनत्व पत्ता लागाउनु हो। हाडको धनत्व निम्न जाँच एवं परीक्षणबाट थाहा पाउन सकिन्छ।
- एक्स–रेबाट
- बिएमडी( डेन्सिटोमिटर मेसिनबाट हाडको घनत्व नाप्न सकिन्छ।
- कम्पुटेड टोमोग्राफी
- कवानटिटेटिम अल्ट्रासाउन्ड
अस्टियोपोरोसिसको बारेमा हामीले किन चासो लिने?
हाड भाँचिने सबैभन्दा मुख्य कारण अस्टियोपोरोसिस हो र सतर्कता अपनाउने हो भने यसबाट धेरै हदसम्म बच्न सकिन्छ।
अस्टियोपोरोसिससँग जोडिएका जोखिमका कारण
- धूमपान
- दुब्लोपना
- स्त्री लिङ्ग
- महिनावारी रोकिएको अवस्था
- अत्यधिक मदिरा सेवन
- कसरतको कमी
- अन्य रोगले भएको कमजोरीपना
- कमजोरी दृष्टिशक्ति
- खानामा क्याल्सियमको कमी
- दीर्घकालीन स्टेरोइड दबाइको प्रयोग आदि।
कुन हाड भाँचिने बढी डर हुन्छ?
१. नाडीको
२. मेरुदण्डको
३. कम्मरको
अस्टियोपोरोसिसको उपचार कसरी गरिन्छ ?
अस्टिपोरोसिसको उपचार यसबाट बच्ने उपाय एवं उपचार पद्धतिबाट सुरु हुन्छ।
उपचारका उद्देश्यहरु यसप्रकार छन्ः
– हाडको घनत्व हस हुनबाट रोक्ने
– हाडको धनत्व बढाउने
– हाड भाँचिनुबाट रोक्नुका साथै दुखाइ कम, हाड बाङ्गो हुनबाट बचाउने
यो प्राप्तिका लागि जीवन जिउने पद्धतिमा सुधार, नियमित कसरत, व्यायाम गर्नुपर्ने हुन्छ। साथै निम्न औषधिको प्रयोगले अस्टिपोरोसिसबाट बच्न वा कम गर्न सकिन्छ।
यसको उपचारको लागि धेरै किसिमका औषधि भए तापनि मुख्यतः तल उल्लेखित औषधिहरु नै सुरक्षित हुन्छन्। उपचार सामान्यतयाः कम्तीमा २ वर्षको लागि गरिन्छ। अझ बढी गरे झनै राम्रो हुन्छ।
– बिसफोसफोनेट्स
– हार्मेन रिपेसमेन्ट थेरापी
– कयासिटोनिन
– क्याल्सियम चक्की ५०० एमजी दिनको ३ पटक
– भिटामिन डी क्याल्सिरल पाउडर हप्ताको एक पटक दूध वा पानीमा घोलेर कम्तीमा १२ हप्ता।
– अलेन्ड्रोनेट चक्की ७० एमजी
– अलेड्रोनेट चक्की प्रत्येक हप्ता प्रयोग गर्नुको साटो भ्याकअस्टियो इञ्जेक्सन वर्षको एक पटक लिन सकिन्छ।
– क्याल्सिटोनिन नेजल स्प्रे
अन्त्यमा
अस्टिपोरोसिस साइलेन्ट किलर हो। हाड भाँचिनु आफैंमा धेरै घातक नभए पनि अस्टिपोरोसिस भएका बिरामीको हाड भाँचिनु भने धेरै ठूलो समस्या हो। यो विशेषतः वृद्धा अवस्थामा मृत्यु हुने संसारभरि नै प्रमुख कारण हो।
(डा चौधरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका हाडजोर्नी विभाग प्रमुख हुन्।)