काठमाडौं- स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आधारभुत स्वास्थ्य सेवा प्याकेज २०७८ को उपचार प्रोटोकल मस्यौदा तयार पारेको छ। महाशाखाले उक्त मस्यौदा सुझाव दिन सबैसँग आग्रह गरेको छ।
महाशाखाले मस्यौदा सार्वजनिक गर्दै विज्ञहरुको राय सुझाव माग गरेको हो। उक्त मस्यौदामा सुझाव दिन चाहनेले [email protected] मा इमेल गर्न सक्नेछन्।
मस्यौदामा रोग तथा समस्याका लक्षण, उपचार प्रक्रिया, औषधि, लगायतका विषयमा पद्धतिका विषय उल्लेख गरिएको छ। मस्यौदामा आएका सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले उपचार प्रोटोकललाई अन्तिम रुप दिने तयारी गरेको छ।
हेरौं मस्यौदा