काठमाडौं– इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नुपर्ने संख्या किटान गरी पठाउन जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।
महाशाखाले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भन्दै असार १४ गते कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधिको दफ ६ को १ मा हाल बहारमा रहेका योग्यता पुगेका स्वास्थ्यकर्मी स्थायी र फजिललाई परिचालन गर्ते र २ मा जनशक्ति नपुगेको खण्डमा स्वास्थ्य सेवा बिभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्षिप्त प्रक्रिया अवलम्वन गरी करारमा नियुक्ति गर्ने व्यवस्था गरेको छ।
महाशाखाले सोही व्यवस्था अनुसार अपुग जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्न जिल्ला स्वास्थ्य कार्यालयहरुसँग नपुग संख्या किटान गरी पठाउन आग्रह गरेको हो।
सरकारले सबै स्थानीय तहमा संक्रमण रोकथामका गतिविधिहरु गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
सो कार्यविधिका अनुसार अपुग भएका जनस्वास्थ्य निरीक्षण नियुक्त गर्दा सरकारको अधिकृत सातौं तह बरारबरको तलब र ६ महिनाका लागि ५० प्रतिशत थप जोखिम भत्ता समेत उपलब्ध गराइने छ।
स्वास्थ्य मन्त्रालयले ७५३ स्थानीय तहमा १ हजार ७७ जना जनस्वस्थ्य निरीक्षक परिचालन गर्ने योजना बनाएको छ।