काठमाडौं- नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन्। यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्।
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचिकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।
आवश्यक कागजी प्रक्रिया पुरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचिकृत गरेका ७० अस्पतालको सूची यस्तो छ।