प्रजातान्त्रीक मुलुक नेपालमा सम्मानीत सर्वोच्च अदालत भन्दा माथी, चिकित्सा शिक्षा आयोग रहेको आज मैले महसुस गरेँ। सर्वोच्च अदालतको फैसलालाई देशको राष्ट्रप्रमुख समेतले स्वीकार गरी आउनु भएको हामी सबैलाई सर्बविदितै छ र मान्नु पनि पर्छ।
तर, हालै चिकित्सा शिक्षा आयोग उपर सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गरेको पाएँ।
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी/एमएस) को परीक्षाको भर्ना प्रक्रियामा अनियमितता भयो भनी पीडित भनिएका परीक्षार्थी चिकित्सकहरुले सर्वोच्च अदालतमा विपक्षी चिकित्सा शिक्षा आयोगको नाममा उत्प्रेषणको रिट दर्ता गरी योग्यताक्रमको आधारमा भर्ना गरि पाउँ भनी रिट दायर गरेकोमा सम्मानीत सर्वोच्च अदालतबाट योग्यताक्रमको आधारमा म्याचिङ गरी भर्ना गराउनु भनी विपक्षीको नाममा परमादेशको आदेश फागुन ४ गते जारी भएको थियो।
तर, सर्वोच्च अदालतको उक्त आदेशलाई चिकित्सा शिक्षा आयोगले अवज्ञा गरी भर्ना प्रक्रिया सुरु गरेको छ।
आदेशको अवज्ञा गरे वापत चिकित्सा शिक्षा आयोगको नाममा सर्वोच्च अदालतको मानहानीको मुद्दा दर्ता गर्न जाँदा, आयोगले भर्ना हुन आउनु भनी तोकिएको मितिनै समाप्त हुन गई विद्यार्थी भर्ना हुन नपाउने र एक शैक्षिक शत्र नै खेर जाने देखियो।
सम्मानीत सर्वोच्च अदालतले गरेको दुरदृष्टीपुर्ण आदेशलाई अवज्ञा गरी, चिकित्सा माफियाहरुका कारण पुरानै गलत भर्ना प्रक्रियामा भर्ना हुन आज विद्यार्थीहरुलाई बाध्य बनाइयो।
यो आयोगको बेथितिविरुद्ध सम्मानीत सर्वोच्च अदालत बाहेक अरु कुनै पनि सघं, संस्था वा राज्य पक्षले सहयोग गर्न नसकेको र मौन सहमती जनाएको तितो अनुभुती खड्किएको छ।
तसर्थ, कतिपय अभिभावकले बाध्य भइ आफ्ना सन्तानहरुलाई छात्रवृत्ती र रहरका विषय पढ्न पाउने मौका हुँदाहुदै पनि चिकित्सा शिक्षा आयोगको व्यक्तिगत स्वार्थपुर्ण भर्ना प्रक्रियाको कारण चर्को शुल्क (२४ लाख) बुझाई भर्ना गर्न विवश भए। ति अभिभावकको लिस्टमा म पनि अछुतो रहिँन।
स्वास्थसँग सम्बन्धीत विद्यार्थी भर्ना प्रकृयामा समेत यत्रो डरलाग्दो चलखेल भएको रहेछ भने , देशको अन्य क्षेत्रमा के अवस्था होला भन्ने पिडाबोध पनि भएको छ।
आजबाट छोरा बिप्लवलाई चितवन मेडिकल कलेजमा बाल रोग बिशेषज्ञको अध्ययनमा भर्ना गरियो।
तिमीले इच्छाएको बिषय पढ्न पाएको छौ, यसैमा मात्र चित्त बुझाएको छु। दुर दराजमा कुपोषण र झाडा पखालाले वच्चा अझै लाखौंमा मरि रहेका छन् , उनिहरुलाई स्वस्थभई बाच्ने उपचार र वातारण मिलाउन सहयोग गर्छौ भन्ने आशा छ।
साथै नेपालमै बसी रोगीहरुको सेवा र उपचार गर्छु भनि ,भर्ना हुनु भएको सबै विभागका चिकित्सक छोराछोरीहरुलाई सफलताको शुभकामना !!!
(लामिछानेको फेसबुकबाट)