काठमाडौं- लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।
सूचना अनुसार आठौं तहमा मेडिकल अधिकृतमा खुलातर्फ ११, आदिवासी जनजाती ३, महिला ३, दलित १ जनाका लागि आवेदन खुलेको छ। आठौं तहमा आयुर्वेद चिकित्सकमा खुला १ र आदिवासी जनजातितर्फ १ जनाका लागि आवेदन खुलेको छ।
सोही तहमा डेन्टल सर्जनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ जनाका लागि अवसर रहेको छ। सातौं तहमा जनस्वास्थ्य अधिकृत अन्तर स्थानीय तहमा १, खुलामा ४, आदिवासी जनजाति, महिला र दलितमा १,१ जनाका लागि आवेदन खुलेको छ। सातौं तहको नर्सिङ अधिकृततर्फ खुलामा १, कम्यूनिटी नर्सिङ अधिकृतमा १, स्वास्थ्य शिक्षा अधिकृतमा १ जनाले आवेदन दिन सक्ने भएका छन्।