काठमाडौं- विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनलाई गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले भने सांसद शर्मा पक्राउ परेकोबारे केही बताएको छैन।
प्रहरी स्रोतका अनुसार उनलाई क्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरिएको हो।
नेपालको संविधानमा कुनै सांसदलाई पक्राउ गरिएपछि त्यसको जानकारी तत्काल सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई दिनुपर्ने व्यवस्था गरेको छ। तर, सभामुख देवराज घिमिरेको सचिवालयले भने सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी नभएको बताएको छ।