काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्रको नाम दर्ता लाइसेन्स प्रमाणपत्र परीक्षा आगामी भाद्र १५ देखि २० गते सम्म संचालन गर्ने भएको छ।
परिषद्ले सातौं नाम दर्ता प्रमाणपत्र परीक्षा सम्बन्धी आज एक सुचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८० साल भाद्र महिनाकों १५ देखि २० गते सम्म संचालन हने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको हो।
‘यस परिषदको परीक्षा समितिको मिति २०८०/०४/२९ गतेको निर्णय अनुसार परिषदबाट संचालन हुने स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८० साल भाद्र महिनाकों १५ देखि २० गते सम्म संचालन हने व्यहोरा सम्बन्धित सबैमा जानकारीकोलागी यो सूचना प्रकाशित गरिएकों छ’ सुचनामा भनिएको छ।