काठमाडौं- नेपाल लिटरेचर फेस्टिभलमा सूर्तिजन्य पदार्थ उत्पादन कम्पनी र मदिरा उत्पादक कम्पनीको प्रायोजन लिइएको वा नलिइएको सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चले प्रश्न उठाएको छ। उक्त सम्मेलन आयोजक संस्था बुकवर्म फाउन्डेसनलाई पत्र लिख्दै लिखित जानकारी मागिएको महासचिव विष्णु प्रसाद तिमिल्सिनाले बताएका छन्।
उनले भने, 'उक्त साहित्य महोत्सवमा मदिरा र सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीहरुको सहयोग लिइएको र लोगो समेत प्रचारमा रहेको कुरा थाहा पाएका छौं। हामीले यसबारे आयोजकको धारणा माग गरेका छौं।'
जनस्वास्थ्यका दृष्टिले हानिकारक पदार्थ उत्पादन कम्पनीको लोगो प्रचार र प्रबर्द्धन हुनेकुरा कानुन विपरित रहेकाले आवश्यक जानकारी मागिएको उनले बताए। 'यदि सहयोग लिइएको आधिकारिक जानकारी प्राप्त भएमा हामी अदालतसम्म पुग्ने तयारी गरिरहेका छौं,' उनले भने, 'कानुन मात्रै होइन, यसअघि सम्माननीय अदालतले गरेका फैसलाहरुको अवज्ञा समेत गरिएको पाइएको छ।'
मञ्चले उक्त कानुन कार्यान्वयनका साथै सूर्तिजन्य पदार्थ र मदिरा नियन्त्रणको अख्तियार प्राप्त जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिकालाई पनि बोधार्थ पठाएको जनाएको छ।
लिटरेचर फेस्टिभलको प्रस्टिकरणमा स्वास्थ्यका कानुन नजरअन्दाज, निषेध छन् प्रायोजन, ब्रान्ड विस्तार र सार्वजनिक व्यक्तित्वको सहभागिता