पुरुषहरु भन्दा महिलालाई बढी टाउको दुख्छ भन्ने कुराहरुमा तपाईहरु सहमत हुनुहुन्छ?यो महिलाहरुलाई बढी टाउको दुख्छ भन्ने कुरामा सत्यता छ।
महिलाहरूमा पुरुषको तुलनामा बढी टाउको दुख्नुको मुख्य कारण हर्मोनमा आउने परिवर्तन माइग्रेनको उच्च जोखिम, मानसिक तनाव, र शारीरिक थकान हो।। महिनावारी, गर्भावस्था, र मेनोपजका समयमा हर्मोनको उतारचढावले दुखाइ बढाउँछ। साथै, अनिन्द्रा, भिडभाड, र गलत खानपानले पनि यसलाई बढावा दिन्छन्।
न्यूरो सर्जन डा बिनोद राजभण्डारी टाउको दुखाईका कारण अस्पतालसम्म आइपुग्ने बिरामीको संख्याको आधारमा पनि पुरुषको तुलनामा महिलाहरुमा बढी आउने बताउँछन्।
उनका अनुसार माइग्रेन पुरुषको तुलनामा महिलाहरुलाई धेरै हुने गर्छ। यो वंशाणुगत पनि हुन्छ। वंशाणुगत रुपमा स्थानन्तरण हुँदा पनि पुरुषको तुलनामा महिलामा बढी सर्ने गर्छ। यद्यपि पुरुषहरुलाई माइग्रेन नहुने भने होइन तर महिलाको तुलनामा भने कम हुने गर्छ। माइग्रेन सुगर र प्रेसरजस्तै हो, यसलाई निर्मुल पार्न नसकेपनि कम गर्न भने सकिन्छ। यद्यपि टाउको दुखाईको दर कम गर्न भने औषधि दिने गरिन्छ।
महिलामा टाउको बढी दुख्नुका मुख्य कारणहरू
हर्मोनल परिवर्तन
महिलाको शरीरमा हुने हर्मोनल परिवर्तन, विशेष गरी महिनावारी हुनु अघि वा समयमा एस्ट्रोजन हर्मोनको स्तर घट्दा टाउको दुख्ने समस्या बढी देखिन्छ।
माइग्रेन
माइग्रेन पुरुषमा भन्दा महिलामा तीन गुणा बढी हुन्छ। यो अक्सर टाउकोको एक भागमा केन्द्रित भएर अचानक सुरु हुन्छ।
तनाव र चिन्ता
घर र कार्यस्थलको दोहोरो जिम्मेवारीले गर्दा हुने मानसिक तनाव र चिन्ताले पनि टाउको दुख्ने गर्दछ।
अनिन्द्रा र थकान
समयमा नसुत्नु, थकान हुनु वा कामको चापले टाउको दुख्ने समस्या थपिन्छ।
खानपान र जीवनशैली
अत्यधिक चिया/कफी, मदिरा, बजारको तयारी खाना, वा पानी कम पिउनाले पनि टाउको दुख्न सक्छ।