प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउन भिटामिन 'सी' र एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थहरू अत्यधिक लाभदायक हुन्छन्। बिहान मनतातो पानीमा कागतीको रस वा अमलाको जुस पिउनु सबैभन्दा उत्तम मानिन्छ। यसका साथै ग्रिन टी, अदुवा-तुलसीको चिया र चुकन्दरको जुसले शरीरको रोग प्रतिरोधी क्षमता छिटो बढाउन मद्दत गर्छन्।
पोषणविद् अतुल उपाध्याय दैनिक जीवनमा समावेश गर्न सकिने केही मुख्य पेय पदार्थहरू कागती पानी, बिहान मनतातो पानीमा आधा कागती निचोरेर पिउनाले शरीरमा भिटामिन 'सी' प्राप्त हुने र विषाक्त पदार्थ बाहिर निस्कने बताउँछन् ।
अमला र चुकन्दरको जुस
अमलामा भिटामिन सी र चुकन्दरमा पाइने पोषक तत्त्वले रगत बढाउनुका साथै इम्युनिटी बुस्ट गर्छ।अदुवा, मह र तुलसीको चिया: अदुवा र तुलसीको रसमा मह मिसाएर खाँदा रुघाखोकी जस्ता संक्रमणबाट बच्न सकिन्छ।
बेसार र दुध
सुत्ने बेलामा मनतातो दुधमा थोरै बेसार मिसाएर खाँदा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ।
स्याउको जुस
स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ । दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ । त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
ब्रोकाउली जुस
ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ।
कागतीको रस
कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ।
ग्रिन टी
यसमा पाइने 'पोलिफेनोल' नामक एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ।