थाइराइड आफैमा रोग नभई यो हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो। जसलाई थाइराइड ग्रन्थी भनिन्छ। यो हाम्रो घाँटीमा पुतली आकारमा बसेको हुन्छ।
थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन गर्यो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग भनिने डा भोजराज अधिकारी बताउँछन्।
उनका अनुसार थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ।
हर्मोनको कमी भएमा वा हर्मोन बढी भएमा थाइराइड हुने गर्छ।
हर्मोन कमीले थाइराइड भएको कसरी थाहा पाउने ?
तौल बढ्नु
खानपान सामान्य भए पनि शरीर अप्रत्याशित रूपमा मोटाउँदै जानु।
थकान र आलस्य
जतिबेला पनि अत्यधिक थकान, कमजोरी र निन्द्रा लाग्नु।
चिसो सहनै नसक्नु
अरूलाई भन्दा बढी जाडो महसुस हुनु।
कब्जियत
पेट सफा नहुने वा दिसा कडा हुने समस्या हुनु।
कपाल र छाला
कपाल अत्यधिक झर्नु र छाला फुस्रो वा सुख्खा हुनु।
हर्मोन बढी भएर हुने थाइराइड भएको कसरी थाहा पाउने <
तौल घट्नु
भोक धेरै लाग्ने र धेरै खाए पनि तौल लगातार घट्दै जानु।
गर्मी र पसिना
अत्यधिक गर्मी महसुस हुनु र धेरै पसिना आउनु।
मुटुको धड्कन
मुटुको गति निकै तीव्र हुनु वा धड्कन बढेको महसुस हुनु।
हातखुट्टा काँप्नु
सामान्य अवस्थामा पनि हात वा औंलाहरू काँप्नु।
चिडचिडापन
विनाकारण रिस उठ्नु, छटपटी हुनु र निन्द्रा नलाग्नु।