काठमाडौं - मेडिकल प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरिएको छ। समयतालिकाअनुसार कार्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुनेछन्।
निर्धारित तालिकाअनुसार कार्तिक १४ गते एमबीबीएस (MBBS) र १५ गते बीडीएस (BDS) को प्रवेश परीक्षा हुनेछ।
त्यस्तै, कार्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी (BASLP) र बी. परफ्युजन टेक्नोलोजीको परीक्षा सञ्चालन हुनेछ। कार्तिक १७ गते बीएएमएस (BAMS), बीएनएस (BNS), बीएस्सी एमएलटी (BSc. MLT), बीएस्सी एमआईटी (BSc. MIT), बी.फार्मेसी, अप्टोमेट्री र बीपीटी (BPT) को परीक्षा हुनेछ।
यसैगरी, कार्तिक १८ गते बीपीएच (BPH) कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन हुनेछ।
सबै परीक्षाको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ।