काठमाडौं- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंबाट स्याङ्जाको बिरुवा गाउँपालिकामा स्वास्थ्य शिविरका लागि हिँडेको गाडि धादिङको चरौँदीमा दुर्घटना भएको छ।
शुक्रबार भएको सो दुघर्टनामा गाडिचालक सहित केही घाइते भएको बताइएको छ। जानकारी अनुसार चालकको अवस्था गम्भीर रहेको छ।
बिरुवा गाउँपालिका र हरिशान्ति समाजको समन्वयमा शनिबारदेखि सञ्चालन हुने स्वास्थ्य शिविरका लागि गंगालाल अस्पतालबाट ७ जना डाक्टर, ४ जना नर्ससहितको टोली त्यसतर्फ हिँडेको थियो।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्दका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले दुर्घटना भएको जानकारी आफुले पाएपनि बिस्तृत जानकारी नपाएको बताए।
यसैगरि शिविरको समन्वय गरेको हरिशान्ति समाजका अध्यक्ष खेम मरासिनीले पनि गाडी दुर्घटनामा परेको पुष्टि गरे।
उनले भने,‘दुर्घटना भएको खबर सुनेको छु, बिस्तृत जानकारी लिने क्रमै छौँ।’