काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजञ्ज चिकित्सा क्याम्पसको रिक्त रहेको क्याम्पस प्रमुखमा पाँच जना प्रारम्भिक सूचीमा परेका छन्।
क्याम्पस प्रमुखका लागि आवेदन दिएकामध्ये छनोट समितिले पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ।
छनोट समितिले वर्णानुक्रमअनुसार प्राडा मीनु चौधरी, प्राडा योगेन्द्रमान शाक्य, प्राडा रमेश सिंह भण्डारी, प्राडा सुरेश उप्रेती र प्राडा संघरत्न बज्राचार्यलाई अन्तर्वार्ताका लागि बोलाएको छ। उनीहरुलाई माघ २२ गते अन्तर्वार्ताका लागि बोलाइएको छनोट समितिले जनाएको छ।
अन्तर्वार्तामा एक जना उम्मेदवारका लागि २० मिनेटको समय दिइएको छनोट समितिले जनाएको छ।